२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चौंरीदेउराली मासुमा आत्मनिर्भर भएको छ,गौतम


२९०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका मासुमा आत्मनिर्भर भएको बताएका छन् । गाउँपालिका अध्यक्ष दिननाथ गौतमले वडा नं. ८ मा हालै स्थापना भएको खहरे खोला एग्रो कृषि फर्मको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

    चौंरीदेउराली गाउँपालिका मासुमा आत्मनिर्भर मात्र होइन यहाँको मासु निर्यात समेत हुने गरेको अध्यक्ष गौतमले जानकारी दिए । ’हामी मासुमा आत्मनिर्भर छौं । हामी आएपछि पशुपालन किसानहरु बढेको छ ।’ गौतमले भने, ’यहाँबाट मासु निकासी मात्र होइन, निर्यात नै भएको छ ।’

    गाउँपालिकाले पहिलो वर्ष सडक सञ्जालको विकासमा, दोस्रो वर्ष एक घर एक धाराको योजना र तेस्रो वर्षदेखि कृषिलाई प्राथमिकतामा राखेको बताए । सोही अनुसार गाउँपालिकाले कृषीमा धान र गहुँको बीउ उत्पादन गरेको जानकारी दिए ।

    आफ्नो कार्यकालमा सबै टोलबस्तीमा सडक पुगेको समेत उनले दावी गरे । ‘प्रत्येक टोलबस्तीमा सडक पुगेको छ । हाम्रो लक्ष्य एक घर एक सडक हो ।’ अध्यक्ष गौतमले भने, ‘मेरो घरमा बाटो लानुपर्‍यो भन्नुहोस जग्गा मिलाउनुहोस्, गाउँपालिकाले लगानी गर्छ ।’

    युवाहरुलाई स्वारोजगार बनाउने माध्यम नै कृषि हो भन्ने कुरामा गाउँपालिका पुगेकोले गाउँपालिकाले कृषिलाई विशेष जोड दिँदै आएको उनले बताए । ‘युवाहरू बिदेशिएका छन । खेतबारी सुख्खा छ । हाम्रो ठाउँमा तत्काल रोजगार सिर्जना गर्न सक्ने अबस्था कस्तो छ हामीले हेर्‍यौं ।’ उनले भने, ‘सबैलाई जागिर दिन नि सक्दैन । पालिकाले रोजगारको सिर्जना गर्ने माध्यम एउटै मात्र कृषि हो भन्ने निष्कर्षमा पुग्यौ ।’

    पालिकाको अवधारणासँग मेल खानेगरी खहरे खोला एग्रो कृषि फर्म स्थापना गरेर नक्कुल चौंलागाईंले रोजगारको सिर्जना गरेर युवा व्यवासयीहरुलाई राम्रो सन्देश दिएकोमा उनले धन्यवाद समेत दिए ।गाउँपालिकाले विभिन्न प्रकारको अनुदानको कार्यक्रमहरु ल्याएका बताउँदै उनले किसानहरुको लागि प्राविधि सहयोग र अन्य सहयोग गर्न तयार रहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार