२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

माओवादी सिद्धिएको छैन,अवसरबादीहरु सिद्धिएका हुन्—तमाङ, पाँचखालमा सौहार्द ढंगबाट वडाभेलाहरु सम्पन्न


२५०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर ४, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । माओवादी केन्द्र पाँचखाल नगरमा रहेका वडाहरुमा सौहार्द ढंगबाट वडा भेलाहरु आज (शनिबार) सम्पन्न भएको छ । नगरपालिकामा रहेको वडा नं ३ वडा सम्मेलन बाट रमेश गिरीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि निर्विरोध निर्वाचित गरेको छ ।
    २९ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा शारदा रसाइली, सचिवमा कृष्ण बहादुर सार्की, सहसचिव शिवहरी लामिछाने, कोसाध्यक्ष केदार दाहाल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा गणेश गिरी, ठाकुर प्रसाद चौलागाई, लालकाजी तमाङ, गोविन्द प्रसाद अधिकारी, मञ्जु न्यौपाने, रेपती प्रसाद चौलागाई, रनजकुमार चौलागाई, गणेश गीरी लगाएतका रहनु भएको छ ।
    कार्यक्रममा माओवादी केन्द्र काभ्रेका जिल्ला कमिटि सचिवालय सदस्य आईतसिंङ तमाङले नेकपा माओवादी सिद्धिएको छैन माओवादी भनेर हिडेका केही अवसरबादीहरु सिद्धिएको बताउनु भयो । कम्युनिष्टको खोल ओडेर क्रान्तिकारी भन्दै झुटको खेति गर्दै मोलमोलाई गर्दै हिड्नेहरु सिद्धिएको हो । पार्टीको नीति, विधि र सिदान्तलाई लत्याउन खोज्नेहरु सिद्धिएका छन्, अव राम्रो योजनाको साथमा अगाडी बढ्दा पार्टीले जनताले चाहेको काम गर्ने कुनै समस्या नआउने बताउनु भयो । गत स्थानिय तहको निर्वाचनमा पुर्व तयारी विना निर्वाचनमा होमिदा परिणाम राम्रो आएन आगामी निर्वाचनमा माओवादीको परिणाम राम्रो आउनेमा कुनै शंका नरहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका ताईतसिंइ तमाङले ठोकुवा गर्नुभयो ।
    त्यसैगरी पाँचखाल उपत्वकाकै शिक्षा सेवि दामोदर अधिकारीले नेपाली समाजमा पिधमा रहेका नेपाली जनता, उपेक्षीत, शोसित, पिडित जनताको लागि ने.क.पा. माओवादी केन्द्र लडिरहेको बताउनु भयो । माओवादीले समाजमा उदाहरणिय कार्यहरु गर्दै आएको छ, जसले गर्दा नेपाली जनताहरु माओवादीको पक्षमा आउनेमा कुनै शंका नरहेको ठोकुवा गर्नुभयो । ठुला पार्टी भन्दै हुलका हुल हिडेर अनावस्यक हल्ल गर्दैमा जनताले साथ दिदैनन्, हललामा सत्यता छकि छैन भनने बिषयमा पहिचान गर्न सक्ने क्षमता नेपाली जनतामा छ त्यसैले यसतखेर माओवादी केन्द्र सानो छ भन्दैमा आत्निु पर्ने अवस्था नरहेको बताउनु भयो ।


    रमेश राज गिरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम सर्वोत्तम गिरिले संञ्चालन गर्नुभएको थियो । कार्यक्रममा निर्वाचन कमिटिक संयोजक कान्छाराज गिरीले आफ्नो धारणा राख्दै निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार