२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भ्रष्टाचारीहरुको जाल च्यातचुत पार्छौ—मिजार, पाँचखाल वडा नं ६ को नेतृत्वमा मछिन्द्र


२३५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर ४, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । माओवादी केन्द्र पाँचखाल नगर वडा नं ३ वडा सम्मेलन आज (शनिबार) सम्पन्न भएको छ । सम्मेलनबाट मच्छिन्द्र श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि निर्विरोध निर्वाचित गरेको छ ।

    २९ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा दल वहादुर श्रेष्ठ र सुमिता श्रेष्ठ, सचिव प्रकास मिजार, सह—सचिव नारायण दनुवार रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा भिम वहादुर ढुंगाना, कान्छि पौडेल, नारायण सापकोटा, हरिवोल सत्याल, श्याम ढुंगाना, अभिमन्यु ढुंगाना, चनमती रम्तेल, शितादेवि श्रेष्ठ, मुरली परियार, जयराम श्रेष्ठ, सुजना परियार लगाएतका रहनु भएको छ ।

    कार्यक्रममा माओवादी केन्द्र बाग्मती प्रदेश सदस्य एवं संविधान सभाका सभासद तेजबहुादुर मिजारले केपि ओलि प्रबिधि र दलालबादी प्रबिधि अव धेरै दिन टिक्दैन छिटै ध्वस्त हुंदै छ भन्नुभयो । नेकपा माओवादीले जनताको हित चाहेंको छ जसको लागि अव छिट्टै जनतन्त्र आउंदै छ । जनताको सत्ता आएपछि नेपाल र नेपालिको हित सुनिष्चित रहने ठोकुवा गर्नुभयो । अवका दिनमा अग्रगमण पक्षधर कम्युनिष्टहरु एक ढिक्का भएर नेपाली जनताको अधुरो समना पुरा गर्ने बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि मिजारले थप्नुभयो—जनप्रतिनिधिहरुले गरेका खराव कार्यको पहिचान गरी भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । भ्रष्टाचारीहरुले जाल फिजाएका छन्, त्यस्ता जालहरुलाई च्यातचुत पार्दै जनताको हितको पक्षमा उभिन निर्देशन दिनुभयो । जनताको पक्षमा काम गर्दै गर्दा कोहि आईलागेमा जाईलाग्दै आवस्यक परे भौतिक कारवाही गर्न पछि नपर्न निर्देशन दिनुभयो ।

    मच्छिन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निर्वाचन कमिटिक संयोजक झंम्क प्रसाद गौतमले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला कमिटि सदस्य यज्ञ वहादुर मिजार, सरिता तामाङ शाही, पाँचखाल नगर संयोजक रामगोपाल भुजेल लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार