२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कम्युनिष्टलाई पन्छाउंदै सत्ता चलाउंछौं—हुमागाई(प्राप्त मत विवरण सहित)


२४३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर ४, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । नेपाली कांगे्रसका केन्द्रिय सदस्य शिव हुमागाईले आगामी निर्वाचनमा कम्युनिष्टहरुलाई पन्छाएर नेपाली कांगे्रसले सत्ता चलाउने बताउनु भयो ।
    आज (शनिबार) नेपाली कांगे्रसको १४ अ‍ैं महाधिवेशन अन्तरगतको प्रदेश सभा २ (क) को निर्वाचन सम्पन्न पश्चात निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहन कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य हुमागाईले उक्त धारणा राख्नुभएको हो ।


    कार्यक्रममा प्रमुख अतिथि हुमागाईले लोकतान्त्रिक बिधि र पद्धतीको आधारमा निर्वाचन सम्पन्न भयो, एसलाई कुनै जित हारको भन्न नमिल्ने वताउनु भयो । उहाँले थप्नुभयो—यो पार्टीको आन्तरिक चुनाव हो, यसमा कस्ले कति मत ल्याउंदोरहेछ भनेर हेर्ने मात्रै हो । आन्तरिक निर्वाचनमा कोही हार्दैमा दुखि र जित्दैमा खुसि हुनु नपर्ने बताउंदै हामी कांगे्रसीहरुको खुसिको दिन भनेको कम्युनिष्टहरुलाई आगामी निर्वाचनमा परास्त गर्दै साषन सत्ता कांगे्रसले चलाएको दिन हुने वताउनु भयो ।
    हामी सम्पुर्ण कांगे्रसीहरु सवै (जित्ने हार्ने) मिलेर एक जुट हुंदै अगाडी बढ्दै आगामी निर्वाचनको लागि जुट्नु पर्ने बताउनु भयो । पार्टीको आन्तरिक निर्वाचन सम्पन्न भएपछि नेता तथा कार्यकर्ता एक जुट हुदै आगामी निर्वाचनमा कम्युनिष्टहरुलाई पन्छाउंदै सत्ता संञ्चालन गरेर जनतालाई खुसि रस जिवन विताउने वातावरण गर्ने हाम्रो दायित्व हो सोही दायित्व पुरा गर्न हामी महाधिवेशनमा जुटिरहेको बताउनु भयो ।
    कार्यक्रममा प्रदेस सभा क्षेत्र नं २ (क) को निर्वाचनबाट निर्वाचित हेम लामा र पराजित लक्ष्मी दनुवारलाई लक्षीत गर्दै भन्नुभयो—निर्वाचनमा मतदाताले दुवैलाई मायाँ गरेका छन्, लक्ष्मी हाल एउटा पदमा हुनुहुन्छ र हेमलाई पनि जिम्मेवारी दिएर कांगे्रसलाई थप मजवुत बनाउन खोजेको पाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार