२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रे कांग्रेससको महांधिवेशन सम्पन्न , सभापतिमा कडा प्रतिस्पर्धा, अन्यमा मिश्रित परिणामको शंकेत


२४०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर ६, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । नेपाली कांग्रेसको संघीय निर्वाचन क्षेत्रको अधिवेशन आज (सोमबार) काभ्रेमा सौहार्द ढंगबाट सम्पन्न हुदैछ । क्षेत्र नं १ मा सभापति लगाएतको प्रमुख पदहरुमा महिलाहरुले उम्मेदवारी दिएर निर्वाचनमा सहभागि भएकोले निकै रोचक बनेको छ । त्यसैगरी क्षेत्र नं २ को निर्वाचन पनि राजनीतिक बिश्लेषकहरुका लागि निकै चासोको बिषय बनेको छ ।

    काभ्रे क्षेत्र नं २ मा सभापतिका उम्मेदवारी दिने दुईजनामा महेश खरेल र सुन्दर आचार्य हुनुहुन्छ । महेश खरेल पाँचखाल नगरका मेयरको जिम्मेवारी सम्हालि रहनु भएको छ भने सुन्दर आचार्य विगत लामो समयदेखि राजनीतिमा सक्रिय रहंदै संगठन बिस्तारमा लागि पर्नुभएको छ । अर्को निकै चासोको बिषय भनेको विगतमा नेपाली कांग्रेसको क्षेत्रिय निर्वाचनमा समेत सुन्दर आचार्य र महेश खरेल विच निकै प्रतिस्पर्धा हुदै झिनो मतले महेश खरेलले क्षेत्रिय सभापतिमा निर्वाचित हुनु भएको थियो ।

    नेताहरुको आषिर्वाद लिने र टिका लगाएर जिम्मेवारी सम्हाल्ने खालको कार्यलाई नेपाली कांगे्रसले अन्त्य गर्दै लोकतान्त्रिक बिधि र पद्धतिबाट अगाडी बढ्दैछ । सोहि अनुसार काभ्रेमा आज हुदै गरेको निर्वाचनमा पार्टीका केन्द्रिय सदस्य शिव हुमागाई र नि—बर्तमान जिल्ला सभापति मधु आचार्यका विचमा दुई प्यानल भएर निर्वाचनमा होमिएका छन् । जसमा शिव हुमागाई निकटको प्यानलको नेतृत्व सुन्दमणि आचार्यले गर्दै सभापतिको उम्मेदवारी दिनुभएको छ भने मधु आचार्य निकटको प्यानलको नेतृत्व गर्दै महेश खरेलले सभापतिको उम्मेदवारी दिएर अघि बढ्नुभएको छ ।

    सभापतिको लागि मैदानमा उत्रिएका दुई नेता विच निकै ठुलो प्रतिस्पर्धा भएको विश्लेषकहरुको तर्क रहेको छ । सालिन व्यवहार, मिजासिला स्वभाव साथै लामो समयदेखि निरन्तर रुपमा पार्टीसंगठनको लागि खट्दै अगाडी बढ्नु भएका आचार्यले प्रदेश सभाको निर्वाचनमा लक्ष्मण लम्सालले पराजय गराएको स्मरण गर्दै निर्वाचनमा सहभागि प्रतिनिधिहरुले सान्त्वनाको मत दिने संकेत मिलेको छ । त्यसंैगरी कडा स्वभाव, प्रष्ट बक्ता पाँचखाल नगरको मेयर वनेर बिकास निर्माण कार्यमा लागि रहनु भएको साथै मेयरको जिम्मेवारी सम्हाल्दै गर्दा सेवा सुबिधा समेत नलिएर अगाडी बढेको नाताले मत राम्रै आउने देखिएको छ । दुबै उम्मेदवारको छवि निकै उच्च भन्दै कतिपए प्रतिनिधिहरु अलमलमा समेत परेको पाईन्छ जसले गर्दा झिनो मतान्तरले हारजित हुने संभावना प्रवल रहेको छ ।

    दुई प्यानलबाट उम्मेदवारी परेपनि सिंङ्गै टिमको जित हुने संकेत देखिदैन । निर्वाचनमा सहभागि १३०७ जना प्रतिनिधिहरुले (मतदाता) पार्टीलाई मजवुत बनाउने सक्षम व्यक्तिको छनोट गर्ने देखिन्छ । माथिल्लो तहका नेताहरु विच गुट भएपनि कार्यकर्ताले भने सक्षम, निस्पक्ष, भद्र, कार्यकर्ता तथा पार्टी साथै सामाजिक हितको पक्षमा जुटिरहने नेतृत्वको चएन गर्ने देखिन्छ । जसले गर्दा मिश्रित परिणाम आउने शंकेत देखिएको छ । तर परिणाममा शिव हुमागाई पक्षको नेताहरुको बाहुल्यता हुने बिश्लेषकहरुको तर्क रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार