२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

कांग्रेस काभ्रे क्षेत्र नं २ को सभापतिमा खरेल, हार्नै नजान्ने नेतामा गनिय महेश


५२६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर ८, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । नेपाली कांग्रेस काभ्रे क्षेत्र नं २ को सभापतिमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल विजयी हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत सम्पन्न अधिवेशनबाट खरेल निर्वाचित हुनुभएको हो ।

    बुवा राजेन्द्र खरेलको औंलो समातेर हिड्दादेखिनै रानीतिमा खुवै चासो राख्ने महेश खरेल बाल कांग्रेसको रुपमा अगाडी बढ्नु भएको थियो । बाल कांग्रसको नेतृत्व गर्दै २०४६ सालको आन्दोलनमा समेत भुमिका निर्वाह गर्नुभएका खरेलले राजनीतिमा प्रवेश गरेदेखि कहिल्यै हार्नु भएन ।

    मुलुकमा वहुदल प्राप्त पस्चात २०५० सालमा भएको निर्वाचनमा कृष्ण प्रसाद भट्टराईको निर्वाचन प्रचार प्रसारको लागि बाल काँगे्रसको तर्फबाट निकै भुमिका निर्वाह गर्नुभएका खरेल विद्यार्थी संगठनमा नेविसंघको इकाई सभापतिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । अध्ययनकै शिलसिलामा अमेरीका जानुभएका खरेल १४ बर्षे अमेरीका बसाईको क्रममा अमेरीकामा पनि नेपाली काङ्ग्रेस जनसम्पर्क सदस्य समितीको सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
    अमेरिका बाट एम.बि.ए सम्मको अध्यन सम्पन्न पश्चात जन्मभुमिको सेवा गर्नुपर्छ भन्ने अठोटका साथ २०६८ मा स्वदेस फर्किएपछि राजनितीमा सक्रिय रहंदै आउने क्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य , तत्कालिन नेपाली काङ्ग्रेस को क्षेत्र नं ४ को सभापति निर्वाचित हुनुभएको थियो ।

    कम्ुनिष्टको बलियो स्थानिय तहको रुपमा परिचित पाँचखाल नगरमा नगर प्रमुख निर्वाचित भएपछि निश्पक्ष ढंगबाट नगरवासिको हितको खातिर निरन्तर रुपमा अगाडी बढ्नु भएका खरेल नेपाली कांग्रेस को १४ औँ महाधिवेशन अन्तर्गत सम्पन्न अधिवेशनबाट निर्वाचित हुनु भयो । यति लामो यात्रामा पार्टीको आन्तकि निर्वाचन , बिभिन्न संगठनको निर्वाचन हुदै स्थानिय तहको निर्वाचनमा समेत सहभागि हुदै गर्दा हार वेहोर्नै परेन जसका कारण हार्नै नजान्ने नेताको रुपमा परिचित हुनुभएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार