२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रे कांग्रेस क्षेत्र नं २ मा महेश प्यानलको वहुमत (नामावली सहित)


२७९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । नेपाली कांग्रेस काभ्रे क्षेत्र नं २ को सभापतिमा महेश खरेल विजयी हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत सम्पन्न अधिवेशनबाट खरेल प्यानलले वहुमत हासिल गरेको छ । जसमा खरेल प्यानलबाट ३३ जना निर्वाचित भएका छन् भने सुन्दरमणि आचार्य प्यानलबाट १४ जना निर्वाचित हुनुभएको छ ।

    जिल्लावासिको निकै चासो भएको काभ्रे क्षेत्र नं २ को महांधिवेशनमा प्राप्त भएको मत साथै मिश्रीत परिणामले गर्दा पार्टीको आन्तिरिक मामलोमा धमिलो पन आएको छ । पार्टीको आन्तरिक निर्वाचनमा प्रतिनिधिहरुको मन जित्न खोज्नु नौलो होइन तर एक आपसमा हिलो छ्पापाछ्पापको स्थितिले गर्दा पछिल्लो समयमा निकै राम्रो भएको संगठनको अवस्था पुरानै अवस्थामा पुग्ने बिश्लेषकहरुको तर्क रहेको छ ।

    पार्टीको आन्तरिक कचिङ्गलो महांधिवेशन सम्पन्न पश्चात हल हुन सकेन भने नचिकंदै गरेको चिर्वाचनमा कांग्रेस पछि पर्ने अवस्था आउने तर्क गर्छन कांग्रेसका पुराना नेताहरु । जिल्लाको महांधिवेशनलाई नजिकबाट नियाली रहेका पुराना नेताहरुको भनाईछ—पार्टी संगठन बनाउने भन्दापनि आफैमात्रै राम्रो अरु नराम्रो आफैमात्रै नेता हुनुपर्ने सम्मान गर्नुपर्नेलाई उल्टै पाखालगाउने कार्य भयो । उहाँहरु थप्नुहुन्छ—केही आशा लाग्दो ढंगको नेताहरुको नमिठो अभिव्यक्तिले गर्दा लागेको घाएमा खाटा लाग्न निकै गारो हुन्छ । नरम अभिव्यक्ति, निश्पक्ष व्यवहार नहुनुले समस्यात ल्याउंछनै । अगाडीको भाग हेरेर मात्रै संगठन राम्रो हुदैन, दिर्घकालिन सोचका साथ अगाडी बढ्न सकेमात्रै पार्टीको हित हुन्छ जसको कारण जनताको चाहना पुरा हुन्छ, खारिएका कांग्रेसी नेताहरुले दुखेसो पोख्नु भो ।

    महांधिवेशनबाट महेस खरेलको नेतृत्वमा निर्वाचित हुनेहरुमा —सभापति महेश खरेल, सचिव नारायण सापकोटा, सह सचिव चिरञ्जीवि आचार्य निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रुपा पौडेल, शान्ता शर्मा, इन्दिरा पराजुली,अशोक कुमार लामा, देवि प्रसाद डोटेल, धनवहादुर तमाङ, रिता गौतम (दाहाल), तेज लामा, सुमित्रा परियार, जंगवहादुर माझी निर्वाचित हुनुभएको छ । त्यसैगरी महांधिवेशन प्रतिनिधिहरुमा—अच्युत पौडेल, कञ्चनचन्द्र बादे, चन्द्र प्रसाद ढकाल, तस्वीर लामा, भोला नेपाल, मधुप्रसाद आचार्य, रामकुमार मुल्मी, र सुन्दर तामाङ निर्वाचित हुनुभएको छ । खुल्ला महिला तर्फ जानुका नेपाल पौडेल, जीवना बादे, शान्ता क्षेत्री थापा, शुभलक्ष्मी मानन्धर । खसआर्य पुरुष तर्फ—महेश पौडेल र रामजी पन्त (मुकेश) । खसआर्य महिला तर्फ—लिलाकुमारी नेपाल, मञ्जु शाह ठकुरी । आदिवासी जनजाती तर्फ—इन्द्र वहादुर तमाङ, वेल वहादुर तमाङ । आदिवासि जनजाती महिला तर्फ निर्मला श्रेष्ठ र सुनिता तामाङ । अल्पसंख्यकमा माईलि दनुवार निर्वाचित हुनुभएको छ ।

    त्यसैगरी सुन्दरमणि आचार्य प्यानलबाट निर्वाचित हुनेहरुमा—सचिव आनन्द सापकोटा, त्यसैगरी विभिन्न सदस्यहरुमा पुण्य प्रसाद रिजाल, कृष्ण प्रसाद सापकोटा, जनक तिमल्सिना । प्रतिनिधि सभा क्षेत्रबाट कुमार प्रसाद लामिछाने, क्षेत्रिय सदस्यहरुमा कमल सापकोटा,र ताराप्रसाद दुलाल । सर्मिला लामा, डम्बर तामाङ निर्वाचित हुनुभएको छ । त्यसैगरी महांधिवेशन प्रतिनिधिहरुमा जितेन्द्र मान तमाङ (दावा), माधव प्रसाद ढकाल, डा.राम प्रसाद थपलिया निर्वाचित हुनुभएको छ । आदिवासी जनजाती तर्फरोशन लामा दलित तर्फ सिताराम परियार निर्वाचित हुनुभएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार