२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

माओवादी अध्यक्ष प्रचण्ड भोली काभ्रे आउने


२८८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) काभ्रेका विकट क्षेत्र डाँडापारी आउनु हुने जानकारी प्राप्त भएको छ । अध्यक्ष प्रचण्ड मंसिर १० गते माओवादी केन्द्र महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाको सम्मेलन उद्घाटननको लागि काभ्रे आउनुहुने भएको छ ।

    माओवादी केन्द्र महाभारत गाउँपालिकाका संयोजक तथा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा अनुसार विभिन्न समयमा डाँडापारीआउनु भएका अध्यक्ष प्रचण्डले गरेको बाचाहरु पनि पूरा गर्दै आएका छन् । विशेष गरी सदरमुकाम धुलिखेलदेखि डाँडापारी जोड् सडक विस्तार र निर्माण, विद्युतिकरण, शैक्षिक विकास, कृषिपर्यटन विकासमा प्रचण्डको पहल र चिन्ता रहँदै आएको छ । यो पटक पनि अध्यक्ष प्रचण्डले केही प्रतिबद्धताहरु गर्नेमा डाँडापारीका जनता आशावादी देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार