२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कांग्रेस काभ्रेको अधिवेशन सम्पन्न, अंध्यारोले गर्दा गोपनियता भंग, तिर्थ लामा सुनिश्चित अन्य मीश्रीत परिणाम


३२५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । नेपाली कांग्रेस काभ्रेको अधिवेशन सम्पन्न भएको छ, कांग्रेसले लोकतान्त्रिक बिधि र प्रकृयाबाट नेतृत्व छान्ने कार्यले गर्दा पार्टीमा सक्षम नेतृत्व आउने भएको छ । जसका कारण नेताले कार्यकर्ताको सम्मान साथै संरक्षण गर्ने वातावरण निम्तिएको छ ।

    काभ्रेको महांधिवेशनमा तिर्थ लामा पक्षधर र अच्युत प्रसाद पौडेल पक्षधर विच दुई समुहबाट उम्मेदवारी दर्ता भएको छ । आफ्नो पक्षमा मत पाउनको लागि भव्य ढंगवाट प्रचार प्रसार गरिएको छ । अच्युत पौडेललाई नि—बर्तमान काभ्रे सभापति मधु आचार्य, पुर्व मन्त्री कन्चनचन्द वादे, पाँचखाल नगरका मेयर एवं हालै क्षेत्र नं २ बाट सभापतिमा निर्वाचित महेश खरेल समेतले साथ दिनुभएको छ भने तिर्थ लामालाई केन्द्रिय सदस्य शिव हुमागाईले साथ दिनुभएको जानकारी प्राप्त भएको छ ।

    निर्वाचनको माहोल हेर्दा तिर्थलामा पक्षधरको संभावना बढी भएको पाईन्छ । सभापतिका उम्मेदवार पौडेलको भन्दा धेरै मत वढी ल्याएर तिर्थ जित्ने संम्भावना रहेको छ । तर सभापति जित्दै गर्दा पुरै प्यानल निर्वाचित हुनं संभावना देखिन्न । जिल्ला समितिमा बहुमतको संभावना तिर्थकै भएपनि परिणाम मिश्रित आउने प्रवल संभावना रहेको छ ।
    लोकतान्त्रिक बिधिलाई लत्याउंदै ठुला नेताको आषिर्वादको आधारमा नेता बन्ने अवस्थाको अन्त्य भएको छ । नेताको आषिर्वादको भरमा जिम्मेवारी पाउनु भनेको नेताको पिछलगुवा गरीरहनु हो । जुन अवस्थामा नेताको हालिमुहाली चल्छ भने लोकतान्त्रिक बिधिको आधारमा अगाडी बढ्दा कार्यकर्ताको चाहना अनुसारको आफ्नो लागि आफैले नेता छान्न पाउनेछन् । जुन कार्यको थालनी नेपाली कांगे्रसले अगाडी बढाएको छ ।

    जिल्ला अधिवेशनमा निर्वाचन कार्यतालिका अनुसार निर्वाचन प्रकृया अगाडी बढाउन नसक्दा मतदाताहरुले शास्ति वेहोर्नु परेको छ । कार्यतालिकामा १२ बजेवाट मतदान प्रकृया सुरुगर्ने उल्लेख भएपनि प्राबिधिक समस्या भन्दै ३ बजे मात्रै मतदान कार्य सुरुहुंदा अध्यारोमा बत्तिको साहारामा अन्धाधुन्द ढंगबाट मत हाल्ने कार्य साडे ८ बजे मात्रै सकिएको थियो ।
    लोकतान्त्रिक बिधिका आधारमा अगाडी बढेपनि समयको पावन्दिलाई भने पालना गर्न सकेको छैन । जिल्ला तहको अधिवेशन मात्रै नभएर अन्य तहको अधिवेसनमा पनि रातको समयमै मत हाल्ने चलको थालनि काभ्रेमा हुंदा निश्पक्षतामा शंका उत्पन्न भएको गुनासो गर्छन मतदाताहरु ।

    लोकतान्त्रिक बिधि र पद्धतिको आधारमा अगाडी बढ्दै जानेक्रममा समयको पावन्दिलाई वास्ता नगर्नुले गोप्य मतदान साथै मतदाताले चाहे अनुसार मत हाल्ने वातावरणमा असहज भएको गुनासाहरु छरपस्टै छन् । चिसोको मौसम साथै टाढा टाढा पुग्नुपर्ने बाध्यताले गर्दा मतदाता हतारीनु स्वभाबिकै हो । हतारको मौका छोप्दै गोप्य मतदानको वदला सामुहिक मतदानको अवस्था निम्तियो । एउटै टेवलमा चार पाँचजना सम्म बसेर मतहालिरंदाको अवस्थामा मतदाताले जे सोचेर मत दिन पुगेका थिए सो हुन नसकेको अवस्था रहेको छ ।
    एक उम्मेदवार भन्नुहुन्छ—माहोलत राम्रो थियो, जित्ने मात्रै हैन अत्याधिक मतले जित्नुपर्ने हो तर मतदानको प्रकृयाले गर्दा मतदाताले चाहे अनुसार मतदिन पाएजस्तो लाग्दैन त्यसैले नसोचेको नतिजा आउन पनि सक्छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार