२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हृदयघातबाट मन्दिरका पुजारीको मृत्यु


२२०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर ११, शनिबार मा प्रकाशित २ साल अघि
  • गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आएका एक गुर्जु (पुजारी) को हृदयघातबाट मृत्यु भएको छ ।  हरेक वर्षमा दुईपटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४ बल्खु का  रत्नराज बज्राचार्यको आकस्मिक रुपमा हृदयघातबाट गए राति निधन भएको  मनकामनाका स्थानीयवासी दिनेश जोसीले जानकारी दिए ।

    उनले मनकामनाको एक होटलमा बास बसेका पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको बताए । घटनाको जानकारी पाएलगत्तै प्रहरीको एक टोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार