२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कांग्रेस काभ्रेको अधिवेशन सम्पन्न, तिर्थ लामाको प्यानलबाट ५८, अच्युत प्यानलबाट १ , स्वतन्त्र १ निर्वाचित


३५०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १२, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । नेपाली कांग्रेस काभ्रेको अधिवेशन सम्पन्न भएको छ, अधिवेशन परिणाम अनुसार तिर्थ लामा प्यानल निर्वाचित भएका छन् । कांग्रेसले लोकतान्त्रिक बिधि र प्रकृयाबाट नेतृत्व छान्ने कार्यले गर्दा पार्टीमा सक्षम नेतृत्व छानिएका छन् ।

    काभ्रे जिल्ला समितिमा सभापति तिर्थ लामा (१६४६), उप—सभापति ठाकुर प्रसाद न्यौपाने (१४००) र रमेश प्रसाद हुमागाई (१५२३) सचिव गुणराज मुक्तान (१४२०) र माधव प्रसाद ढकाल (१४१०), सह—सचिव रबिन्द्रनाथ सिग्देल (१४१९) र समिर व्याञ्जु श्रेष्ठ (१४५४) निर्वाचित हुनु भएको छ ।


    त्यसैगरी सदस्यहरुमा बद्री प्रसाद खकुरेल, यादव प्रसाद सापकोटा, अप्सरा ढुंगाना सिपखान, टुल्कु लामा, दिपेन्द्र पौडेल, सनिता न्यौपाने (बजगाइ), वलराम कोईराला, रामकृष्ण पोखरेल, शिता खनाल, कुवेर सापकोटा, विश्वराम खड्का, अनिता थापा कार्की, भोला प्रसाद भट्टराई, हरिश्चन्द्र अधिकारी, राधिका श्रेष्ठ तिमल्सिना, रामकृष्ण चापागाई, बेद प्रसाद न्यौपाने, इन्दिरा बुडाथोकी, चेत वहादुर लामा, इन्द्रमायाँ लामा रहेका छन् ।
    त्यसैगरी हिरा तामाङ, सुनिता तामाङ, दुर्गा प्रसाद अधिकारी, सरिता लामिछाने (लामा), चित्र वहादुर गोले, रिता लामा रुम्वा, कमलराज लामा, लक्ष्मी घिसिंङ लामा, कृष्ण वहादुर लामा, सावित्रि माझी, जगन्नाथ गिरी, बालकृष्ण दाहाल, सन्तोष गौतम, हरीप्रसाद दुलाल, कल्पना ढकाल, तारादेबी आचार्य, रविना पाण्डे बिष्ट, रुपा थापा, कान्छा लामा (थर्कमान), जोगलाल लामा, डिलवहादुर लामा (दिल), बिर वहादुर बम्जन (बिरु), सन्तमान तमाङ, ज्ञानवहादुर लामा, शान्ति लक्ष्मी श्रेष्ठ, सरस्वती श्रेष्ठ, सुजाता लामा, सुन्तलि तितुङ, हिरा कुमारी लामा, ज्ञानि मायाँ तामाङ, धनराज सुर्खेती, जगत बम्जन र राधिका राना मगर रहेका छन् ।
    निर्वाचन परिणाम अनुसार तिर्थ लामा प्यानलबाट दुईगुना भन्दा वडि मतान्तरमा ५८ जना निर्वाचित भएका छन् । अच्युत पौड्लले ७७० मत प्राप्त गरी पराजय हुदै गर्दा उहाँको टिमबाट निर्वाचनमा सहभागी भएका सवैजनाले पराजय व्यहोर्नु परेको छ, तर महाँभारत गाउंपालिकाबाट जगत जिम्वा निर्विरोध निर्वाचित हुंदा पौडेलको टिममा १ जनाले साख जोगाएका छन् । त्यसैगरी महाँभारत गाउंपालिकाबाट राधिका राणा मगरले स्वतन्त्र उम्मेदवारी दिई निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस काभ्रेको परिणमलाई मध्य नजर गर्दा नेपाली कांगे्रसका केन्द्रिय सदस्य शिव हुमागाई सफल रानितिग्य सावित भएको राजनीतिक बिष्लेशकहरुको भनाई रहेको छ । केन्द्रिय सदस्य हुगागाई पक्षधरले तिर्थ लामालाई अगाडी बढाएर चुनावी मैदानमा उत्रिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार