२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एकै घरका तीनले ज्यान गुमाए


२३३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १५, बुधबार मा प्रकाशित २ साल अघि
  • दोलखा — दोलखाको तामाकोसी गाउँपालिका-२ झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान २७ वर्षीय श्याम तामाङ, उनकी २५ वर्षीया श्रीमती अम्बिका र ५ दिने नाबालक छोरा मृत अवस्थामा आफ्नै घरमा फेला परेको प्रहरीले जनाएको छ ।

    स्थानीयले ५ दिनकी सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन गोल बालेर सुतेका उनीहरुको धुँवाले निसास्सियर मृत्यु भएको बताएका छन् । प्रहरीले भने घटनाको विस्तृत अनुसन्धानपछि मात्रै मृत्युको कारण थाहा हुने बताएको छ ।

    घरमा बिहान कोही नउठेपछि छिमेकीले बोलाउन जाँदा उनीहरू मृत अवस्थामा फेला पारेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार