२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ताम्रेश्वर महांदेव मन्दिरमा वाला चतुर्दशी पर्व मनाउनेको घुईचो, भक्तजनको सुबिधाको लागि जुटे समाजसेवीहरु


२२१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    १७ मंसीर, काभ्रे । बालाचतुर्दशी अन्तर्गत आज (शुक्रबार) दिवंगत पितृका नाममा गरीएको दिपदान नदीमा बगाउंदै विहानैवाट पितृको सम्झनामा शतवीज छरेर बालाचतुर्दशी पर्व सम्पन्न गरीएको छ ।

    काभ्रे पाँचखाल गनरपालिका वडा नं ३ र ४ को सिमानामा रहेको सुनमती गंगा ताम्रेश्वर महांदेव मन्दिरमा मनाईएको बालाचतुर्दशी पर्व वास्तवमै मनन योग्य रहेको छ । ऐतिहासिक महत्व रहेको उक्त महांदेव मन्दिर व्यवस्थापनको लागि स्थानिय समाजसेवीहरुको पहलमा घाट व्यवस्थापन, सत्तल,कयापुत्री घर, पिउने पानी , सौचालय लगाएतको व्यवस्थापन भएको छ ।

    सो स्थानमा सप्ताहको आयोजना गरी आर्जिज रकम, नगरपालीकाको तर्फबाट उपलब्ध भएको रकम, स्थानियले प्रदान गरेको चन्दा समेतबाट अत्यन्त सौन्दर्य ढंगबाट व्यवस्थापन गरीएको छ । दुरदराजमा लुकेर रहेको ऐतिहासिक महत्व रहेको उक्त मन्दिरको बिषयमा पाँचखाल र आसपासका स्थानियले जानकारी पाउने अवसर जुटेको छ । मन्दिरको महत्वको बिषयमा जानकारी पाएपछि भक्तजनहरु सुनमती गंगाको किनारामा अवस्थित ताम्रेश्वर महांदेव मन्दिरमा आफ्नो मनोकांक्षा पुर्ण हुने विस्वसका साथ दर्शन गर्नेको भिड लाग्ने गरेको छ ।


    सोही अनुसार आज सम्पन्न बालाचतुर्दशी पर्व मनाउन आउनेहरुको निकै ठुलो जमघट भएको छ । भक्तजनहरुको सुबिधाको लागि पाँचखाल फुट क्याफेको तर्फबाट टेण्टको व्यवस्था मिलाएको छ । उपस्थित भक्तजनहरुलाई चोखो खानाको व्यवस्थापन स्थानिय ठाकुर प्रसाद चौलागाई (भैरव) ले गर्नुभएको छ । उहांले आफ्नो माताको पुण्य तिथिको अवसरमा ५ सय जनालाई प्रसाद खुवाउने कार्य गर्नुभएको थियो । ध्वनी जगाउनको लागि आवस्यक दाउराको व्यवस्थापन स्थानिय समाजसेवी भवानी अधिकारीले व्यवस्थापन गर्नुभएको छ । उपस्थित भक्तजनहरुलाई समस्या भएको अवस्थामा तुरुन्त उपचारको लागि सवारी साधनको व्यवस्था गरीएको थियो । पाँचखाल प्रहरीचौकीको तर्फबाट अहोरात्र सुरक्षा व्यवस्था मजवुत वनाईएको थियो ।


    मन्दिर व्यवस्थापन समितिका सदस्य द्वय ज्ञानवहादुर थापा र नारायण तिमल्सिनाको योगदान अविस्मरणिय साथै भावि पुस्ताको लागि मार्गदर्सन सावित भएको भक्तजनहरुको ठम्याई रहेको छ । भक्तजनहरुको सुविधाको लागि अहोरात्र खटिईरहनु भएका उहांहरुले हिजो (आईतबार) बिहानैवाट व्यवस्थापनमा जुटिईरहनु भएको थियो । मन्दिरको नित्य पुजामा नियमित रुपमा (आफ्नो व्यक्तिगत तर्फबाट) जुटिई रहनु भएका थापा र मन्दिरको लुकेको महत्वलाई सार्वजनिक गर्ने कार्यमा जुट्दै गर्नुभएका नारायण तिमल्सिना हातमा कुचो लिएर (सोमबार विहानै बाट) सफाईमा जुटिई रहदा स्थानिय समाजसेवि एवं राजनीतिज्ञ कर्मी अप्सरा ढंगानाले फोहोर संकलनको लागि डोको लिएर साथ दिनु भएको थियो ।
    मन्दिर व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाका अनुसार आफ्नो माताको दाहसंस्कारको लागि सो स्थानमा आउदा नुहाउने पानीको समेत व्यवस्था नभएकोले आफ्नो दाजु मिठाराम तिमल्सिनाले तत्कालै इनारनिर्माण गरी पानीको व्यवस्था गरेको स्मरण गर्दै भन्नुभयो जव हाम्रो परिवारले सुनमती गंगाको किनारामा रहेको ताम्रेश्वर महांदेवको सेवामा जुटेउ तव हामीलाई राम्रो फलिफाप भयो त्यसैले हामी निरन्तर जुटिई रहेका छौं । स्थानियहरुले मन्दिरको व्यवस्थापनको लागि अगाडी बढ्दै गर्दा साथ दिईरहेका छौं र निरन्तर रुपमा दिनेछौं ।


    मन्दिर व्यवस्थापन समितिका सदस्य एवं ताम्रेश्वर महांदेवका भक्त ज्ञानवहादुर थापाले भन्नुभयो—महांदेवको ऐतिहासिक महत्व वल्ल बुझेका छौं, यस मन्दि व्यवस्थापनमा कहिल्यै विश्राम लिने छैन, पाँचखाल र स्थानियको निकै ठुलो योगदान छ । स्थानियको भावनालाई मध्यनजर राख्दै नगरपालिकाले समेत साथ दिएको छ । थप व्यवस्थापनको लागि हात फैलाउंदै छौं । वजारबाट आएको ढललाई व्यवस्थित गर्न पहिलो प्राथमिकता दिएका छौं । जसको लागि नगरपालिकाले चासो राखिसकेको छ, नगरको योजना अनुसार मन्दिर हाता भन्दा २ सय मिटर तल सम्म ढलको व्यवस्थापन हुदै छ । ६४ शिवलिंग निर्माणको लागि समिति अगाडी बढेको छ, यो कार्य छिटै सम्पन्न गर्नको लागि आर्थिक व्यवस्थापनमा हामी समितिका साथिहरु अगाडी बडि सक्नुभएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार