२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपा (माओवादी केन्द्र) पनौती नगर सम्मेलन सम्पन्न, हस्तबहादुरको अध्यक्षतामा ६१ नगरकमिटी


२३६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १८, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे, पनौती । नेकपा (माओवादी केन्द्र) पनौतीको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । माओवादी केन्द्र काभ्रे अध्यक्ष रुकु चौलागाईको उपस्थितिमा सम्पन्न सम्मेलनले हस्तबहादुर तमाङको अध्यक्षतामा ६१ जनाको नगर कमिठि सर्बसम्मत ढंगबाट गठन भएको छ ।

    नगर कमिटिको उपाध्यक्षमाहरुमा सुसिला सुवाल,इन्द्र कुमार श्रेष्ठ र श्याम मानन्धर, सचिवमा माधव हुमागाई, सह सचिवमा सन्त वहादुर तमाङ र कोषाध्यक्ष सन्त वहादुर तमाङ (भूमिडाँडा) रहनु भएको छ ।

    बजागाजा सहित पनौती बजार परिक्रमा गरी नगर सम्मेलनमा जुटेका प्रतिनिधिहरुले पनौती नगरमा नेकपा माओवादीले नगरको चाहना साथै संगठनको हितको खातिर कार्य गर्ने बिषयमा राम्रो वहस चलाएका थिए । उद्घाटन सत्र समापन पछि बन्द सत्रमा पार्टीको हालको अवस्था, भावि योजना, नगरमा निर्वाचित अन्य पार्टीका जनप्रतिनिधिहरुले पक्षपाती ढंगबाट गरेको विकास निर्माण, बिचारको आधारमा भएको बिभेद लगाएतको बिषयमा लामो वहस गर्दै त्यस्ता कार्यको अन्तको लागि माओवादी केन्द्रले खेल्नुपर्ने भुमिकाको बिषयमा वहस भएको थियो ।

    नगरको बन्द सुरु भएपछि लगातार ६ दिन सम्मको बहसबाट नगरवासिको हितको खातिर कार्य गर्न सक्ने सक्षम नेतृत्वको चएनको लागि जिल्ला अध्यक्ष रुकु चौलागाईले भुमिका निर्वाह गर्नुभएको थियो । प्रल्हाद शर्मा हुमागाईको संयोजकत्वमा रहेको निर्वाचन मण्डल, माओवादी केन्द्र पनौतीका चर्तित नेतृत्वहरु र बन्द शत्रमा सहभागी रहेका प्रतिनिधिहरुसंगको लामो छलफल पश्चात पनौती हाक्ने जिम्मेवारी हस्तबहादुर तमाङको नेतृत्वमा गठित कमिटिलाई जिम्मेवारी दिईएको छ ।

    पनौती वडा नं ३ र ४ का इञ्चार्ज रमेश हुमागाईबाट संञ्चालन गरेको उक्त कार्यक्रममा शुदर्सन प्रधान, सेखरदास श्रेष्ठ, सुसिला सुवाल, जि.एन.सापकोटा, सन्त तमाङ, कुमार कार्की, राम थीङ,इन्द्र श्रेष्ठ, कमल सापकोटा, श्याम मानन्धर, श्याम श्रेष्ठ, शुर्य तमाङ लगाएतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । निर्वाचन मण्डलका संयोजक झंम्क प्रसाद गौतमले नगरकमिटिका पदाधिकारी एवं सदस्यहरुलाई प्रमाण पत्र वितरण पश्चात नगरको जिम्मेवारी सम्हाल्ने कम्मर कस्दै अगाडी बढ्नुभएका अध्यक्ष हस्तबहादुर तमाङले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो । जनमुक्ती सेनाका कमान्डर माधव हुमागाईबाट स्वागत मन्तव्य राखि सुरु भएको उक्त कार्यक्रममा जनमुक्ती सेनाका कमाण्डरहरु, सहि परिवार साथै नवप्रवेशिहरुलाई सम्मान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार