२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

युवा उद्यमी सम्मान एवं वक्तृत्वकला प्रतियोगिता सम्पन्न


२२३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १९, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे, भकुण्डेबेसी जेसिस तथा भकुण्डेबेसी जुनियर जेसीसको आयोजनामा युवा उद्यमी सम्मान एवं अन्तर माध्यामिक बिधालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

    नमोबुद्दका युवा उद्यमी मेकानिकल इन्जिनियर एवं फुलवारी होम स्टेका प्रोपाइटर श्रीकृष्ण धिताललाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । “नमोबुद्द नगर,पर्यटन विकासको आधार”बिषयक वक्तृत्वकला प्रतियोगितामा नमोबुद्द नगरपालिकाका विभिन्न माध्यामिक बिधालयका १३ जना छात्र छात्राहरुले भाग लिएका थिए । यस प्रतियोगितामा कानपुर मा.वि.कि छात्रा सविना मैनाली प्रथम,जनक मा.वि.का सलिना खनाल द्वितीय ,वालउज्ज्वल मा.वि.का रोजिना तामाङ तृतीय तथा जनक मा.वि.का सन्तोष अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका थिए।

    पुरस्कृत विद्यार्थीहरु मध्ये प्रथम पुरस्कार नगद रु.५ हजार,द्वितीय रु.३ हजार,तृतीय रु.२ हजार र सान्त्वना हुनेलाई नगद रु.१ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । भकुन्डेवीशी जेसीसका निवर्तमान अध्यक्ष श्रीकृष्ण अधिकारीको अध्यक्षता एवं नमोबुद्द नगरपालिका शिक्षा शाखा प्रमुख जनार्दन रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल ,प्रमुख निर्णायक साहित्यकार प्रदिप सापकोटा ,सम्मानित व्यक्तित्व श्रीकृष्ण धिताल लगायतले आ आफ्नो मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा जनक मा.वि.का विद्यार्थीहरुले सास्कृतिक प्रस्तुति दिएका थिए ।

    बक्तृत्वकलामा साहित्यकार प्रदिप सापकोटा ,साहित्यकार राम सुन्दर देउजा एवं मोदनाथ अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।कार्यक्रमको सन्चालन हरिहर अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य २०२१ का महासचिव जेसी श्रीहरी अधिकारीले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार