२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विदेशका विश्वविद्यालयमा एमबीबीएस गरिरहेकाले सम्बन्धित देशमै पढाइ पूरा गर्नुपर्ने


२७१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १९, आईतबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयमा एमबीबीएस अध्ययन गरिरहेका तर कोभिडका कारण स्वदेश फर्किएर जान नपाएका विद्यार्थीहरुले सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भइ अध्ययन निरन्तरता दिनुपर्ने निर्णय गरेको छ ।

    मन्त्रालयलगायत चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि सरकारले सन् २०१४ मा चीनमा अध्ययन पूरा गरी इन्टर्नसीप बाँकी भएका नेपाली विद्यार्थीहरुलाई स्वदेशै इन्टर्नसीप गर्ने व्यवस्था मिलाएको थियो ।

    सन् २०१५ र २०१६ का विद्यार्थीहरुले पनि कोभिडका कारण फर्किन नपाएको भन्दै अघिल्लो ब्याच जस्तै स्वदेशमै बसी पढाइ पूरा गर्नुपर्ने माग राख्दै महिनादिनदेखि नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र माइतीघरमा समेत प्रदर्शन गर्दै आइरहेका छन् ।

    विज्ञप्तिमा विद्यार्थीहरुलाई सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भइ निरन्तरता दिनका लागि सम्बन्धित सरकारसमक्ष उच्चस्तरमा कूटनीतिक पहल गर्ने निर्णय गरेको जनाइएको छ ।

    चीनबाट एमबीबीएस अध्ययन गरेर आएकी सन् २०१५ ब्याचकी एक छात्रा भन्छिन्–‘चीनबाट फर्किएपछि यो सूचना आएको भए हामी मान्थ्यौँ ।१८ महिनापछि कूटनीतिक समन्वय गरेर जहाँ पढेको त्यही पठाउँछौँ भनेर कसरी भन्नुभएकाे । कूटनीतिक पहल कहिलेसम्म गर्ने ? त्यो पनि राम्ररी भनिएको छैन,’ उनले भनिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार