२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सवारी दुर्घटनामा काभ्रेलीको मृत्यु


३१५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १९, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे  –  गाडीलेको ठक्करबाट काभ्रे पनौती घर भएका सुजन सापकोटाको मृत्यु भएको छ ।

    काठमाडौँको थापाथली र त्रिपुरेश्वरको बीचमा रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि बा २ ख ७३२७ नम्बरको गाडीले बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्क र दिँदा स्कुटरका चालक काभ्रेको पनौती घर भइ अहिले काठमाडौँ स्थित सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    स्कुटरमा पछाडि सवार काभ्रेको पनौती घर भइ सीतापाइला बस्ने २२ वर्षका आशिष हुमागाईँ घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हुमागाईँको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा सिंहदरबारल नियरनत्रणमा लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार