२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जन्ती बोकेको बस दुर्घटना, २५ घाइते


२०५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर २०, सोमबार मा प्रकाशित २ साल अघि
  • जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।

    घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पुर्‍याइएको छ । बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको उक्त बस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको थियो ।

    दुर्घटनापछि बसका चालक सम्पर्कमा आएका छैनन् । उनी घाइते भए वा यसबारे केही नखुलेको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार सुरु भएको छ । घटनाको कारणबारे केही खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । स्थानीयहरूले भने ठूलो झरीका कारण उक्त सडक चिप्लो हुँदा बस चिप्लिएको हुनसक्ने आकलन गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार