२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

युवा संघका जिल्ला सदस्य, हत्या आरोपमा २ जना पक्राउ


२१३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर २३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३ मंसिर,  भक्तपुर । युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठ हत्याको अभियोगमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोटका २८ वर्षीय हेमन्त श्रेष्ठ वडा नम्बर २ बालकोटका ३० वर्षीय प्रेम विश्वकर्मा रहेका छन् ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हेमन्तलाई बुधबार विहान ०५ : ४५ बजे मध्यपुर थिमी नगरपालिका वडा नं. ४ नयाँथिमी मध्यपुर अस्पताल नजिकैबाट र प्रेमलाई बुधबार बिहान ०९:४५ बजे काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

    मंगलबार साँझ ८ बजे मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित बर्गर हाउसमा राजन श्रेष्ठ र हेमन्त श्रेष्ठले सँगै चिया खाएका थिए । त्‍यसपछि हेमन्तले राजनलाई हनुमन्ते खोला पारी दाई पैसा लिएर आएको छ भन्‍दै आफ्नो मोटरसाइकलमा फलामे पुलसम्म लगेका प्रहरीको भनाइ छ ।

    त्यहाँबाट दुवैजना (हेमन्त र राजन) बालकोट जाने बाटोतर्फ पैदल हिँड्दै थिए । त्यहीबेला प्रेम विश्वकर्माले काठको फर्माले राजनको टाउकोमा प्रहार गरेको प्रहरीले बताएको छ । त्यसपछि उनीहरुले राजनको टाउकोमा पटक पटक प्रहार गरे । स्थानीय वासिन्दाले देखेर खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले राजनलाई उद्धार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार