२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

राजनीतिक दलमा क्रियाशिल रहने पत्रकार हुन सक्दैनन्—बस्नेत


१०८७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष ३, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । नेपाल पत्रकार महांसंघ काभ्रे शाखाले आफ्नो २९ औं स्थापना दिवस सम्पन्न गरेको छ । सो अवसरमा शाखाका पुर्व अध्यक्षहरु साथै पत्रकारहरुको हितको खातिर सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राजनैतिक दलमा क्रियाशिल रहेकाहरु पत्रकार हुन नसक्ने बताउनु भयो । उहाँले थप्नुभयो पत्रकार महांसंघले नयाँ सदस्यता वितरण साथै पुराना सदस्यहरुको नबिकरण गर्ने कार्यमा कडाई गर्नुपर्ने बताउनु भयो । पत्रकारहरुले लेखेको समाचार आम पाठकहरुले पत्याउने ढंगको गुणस्तरीय हुनुपर्ने बताउंदै पछिल्लो समएमा आएर पत्रकारले लेखेको समाचार समाजले पत्याउन छाडेको बताउनु भयो ।

    आगामी दिनहरुमा राम्राखाले नर्या पत्रकारहरु उत्पादन गर्न नसके भविस्यमा पत्रकारीता क्षेत्रमा खरेडी लाग्ने ठोकुवा गर्नुभयो । उहाँले थप्नुभयो—युटुवरहरुले राम्रा भन्दा नराम्रा कार्य बडी गरेको बताउंदै उनिहरुलाई पत्रकारिताको नम्समा ल्याउने तयारी रहेको बताउनु भयो । विना लगाममा अगाडी बढेका युटुवरहरुलाई लाईनमा ल्याउने बताउनु भयो ।
    कार्यक्रममा वागमति पे्रस रजिष्टार रेवति प्रसाद सापकोटाले पत्रकारहरुको संख्या बढाउनु भन्दा गुणस्तरका सुधार ल्याउनु पर्ने बताउनु भयो । सु—सासनको लागि पत्रकार र संञ्चार माध्यमको ठुलो महत्व छ, त्यसैले संञ्चारमाध्यमलाई टिकाउनको लागि आवस्यक रहेको बताउनु भयो । पत्रकारहरुले समाजमा लुकि छिपि रहेका बिषय (मुल प्रवाह) समयमा उठान गर्न नसक्दा गैर पत्रकारको रुपमा रहेका युटुवरहरु अगाडी बढेको बताउनु भयो ।

    पत्रकार महांसंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि.शर्मा, नेपाली कांगे्रस काभ्रेका उप—सभापति रमेश हुमागाई, नेकपा (माओवादी केन्द्र) काभ्रेका प्रचार विभाग प्रमुख इन्द्र वहादुर थिङ, एकिकृत समाजवादीका नेता हरिगोपाल प्रधान, प्रेस युनियन काभ्रेका उपाध्यक्ष नगेनद्र अधिकारी, पत्रकार महांसंघ काभ्रे शाखाका सल्लाहकार नवराज बजगाई , समाजवादी प्रेस संगठन बाग्मती प्रदेशका अध्यक्ष ध्रुव रायमाझि, पे्रस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझि, पे्रस सेन्टर काभ्रेका अध्यक्ष रोजन तमाङ, पत्रकार महांसंघ काभ्रेका संस्थापक सदस्य आर.एल.श्रमजिवि, प्रदेश सदस्य पेमा लामा, तामाङ सञ्चार संघ काभ्रेका अध्यक्ष अञ्जली तमाङ, टेलिभिजन प्रशारक संघका अध्यक्ष शंकर अधिकारी,रेडियो टेलिभिजन प्रशारण मञ्चका सचिन खड्क लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    पत्रकार महांसंघ काभ्रे शाखाका सचिव कपिल कोईरालाले संञ्चालन गरेको उक्त कार्यक्रमा उपाध्यक्ष विनोद न्यौपानेले शब्द द्वारा अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा सम्मानित हुनुहुने पुर्व अध्यक्षहरु मेतिराम तिमल्सिना, नारायण सापकोटा, महोश पौडेल, भोला थापा र इश्वरी आझाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार