२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

एक दिनमा १२ लाख कोरोना संक्रमित थपिए


३४९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १८, आईतबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ – विश्वभर एक दिनमा करिब १२ लाख कोरोना संक्रमित थपिएका छन् ।ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ लाख ७६ हजार ९१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    फ्रान्समा २ लाख १९ हजार, बेलायतमा एक लाख ६२ हजार, अमेरिकामा १ लाख ६१ हजार, इटली एक लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

    यही अवधिमा ४ लाख २२ हजार जना कोरोनामुक्त भएका छन् भने ३ हजार ८१७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ८४७, पोल्याढडमा ५०५, अमेरिकामा २५७, बेलायतमा १५४, टर्कीमा १४५, मेक्सीकोमा १४३, इटलीमा १११ र फ्रान्समा ११ जना रहेका छन् ।

    कोरोनामुक्त हुनेको संख्या बेलायतमा ५० हजार, फ्रान्समा ४३ हजार, जर्मनीमा ३५ हजार, रुसमा ३३ हजार, टर्कीमा २३ हजार र इटलीमा २० हजारभन्दा बढी छन् ।

    यससँगै विश्वभर कोराना संक्रमितको कूल संख्या २८ करोड, ९६ लाख, ५३ हजार नाघेको छ । तीमध्ये २५ करोड ४१ लाख ११ हजारभन्दा बढी निको भइसकेका छन् भने ५४ लाख ५६ हजार जना संक्रमितको मृत्यु भइसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार