२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

कृषि नगरमा तेस्रो पाँचखाल महोत्सव हुदै,अध्यक्षले पद हस्तान्तरन गर्ने


५६३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र १४, मंगलबार मा प्रकाशित १ साल अघि
  • आई.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरपालिकामा तेस्रो पाँचखाल महोत्सव हुदैछ ।

    खेलकुद विकासमा युवाको अभियान‚कृषि‚ संस्कृति र पर्यटन पवद्धर्नमा पाँचखाल महोत्सवको पहिचान भन्ने मुल नाराका साथमा आगामी असोज ३ गतेबाट १६ गते सम्म महोत्सव सञ्चालन हुने भएको छ ।

    विगत लामो समयदेखि पाँचखालको पहिचान राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने कार्यमा योगदान गर्दै आएको “पाँचखाल युनाइटेड फुटबल एशोसिएसन” (पुफा) को आयोजना तथा पाँचखाल नगरपालिकाको सहयोगमा महोत्सव हुने आज (मंगलबार) पत्रकार सम्मेलन माफर्त जानकारी गराइएको हो ।

    पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका संयोजक गणेश प्रसाद काफ्लेले कार्यक्रमको औचित्यमाथि प्रकास पार्नुभयो । पाँचखालको पहिचान झल्कने ढङ्गको महोत्सव गर्न लागिएको जनकारी गराउनु भयो । उहाँले भन्नुभयो—पाँचखालमा धेरै ऐतिहासिक धरोहर‚ विभिन्न खालको भेष भुसा (जातिय पहिचान) कृषि नगरीमा उत्पादन भएको बिभिन्न कृषि उपजहरूको पहिचान गर्नेक्रममा समेत महोत्सवले टेवा पुर्याउने बताउनु भयो ।

    संयोजक काफ्लेले भन्नुभयो संस्थाको स्थापना पश्चात् खेलकुदका गतिविधि बाहेक सामाजिक कार्य‚ सांस्कृतिक कार्यक्रम एवम् मेला तथा महोत्सवहरू आयोजना गरी सफलताका साथ सम्पन्न गर्दै आएका छौं । विश्व व्यापी रुपमा फैलिएको कोमिट–१९ र त्यसबाट सिर्जित विषम परिस्थितिका कारण २०७६ संस्थाले पाँचखाल महोत्सवलाई निरन्तरता दिन सकेको थिएन सांस्कृतिक कार्यक्रम नगरेता पनि स्वास्थ्य मापदण्ड पुरा गरी मेयर कप फुटबल प्रतियोगिता २०७८ सम्पन्न गर्न सफल भएका थियौ ।  हाल आएर जनजीवन सामान्य अवस्थामा आइसकेको र अझै पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई मध्यनजर गर्दै तेस्रो पाँचखाल महोत्सव २०७९ सञ्चालन गर्दै छौं । निजी क्षेत्रको व्यापार‚ कृषि तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले तेस्रो पाँचखाल महोत्सव २०७९ असोज ३ गते देखि २०७९ असोज १६ गते सम्म सञ्चालन हुनेछ ।

    कार्यक्रममा विषेश अतिथि जिल्ला समन्वय समिति काभे्रका सदस्य एवं प्रवक्ता अप्सरा सिपखान  (ढुंगाना) ले क्लबले खेलकुदको माध्यमका साथै बिभिन्न सामाजिक कार्यहरू गर्दै पाँचखाल महोत्सव समेत गरी पाँचखाललाई राष्ट्रिय अन्तराष्ट्रिय स्तर सम्म पहिचान गराउन सफल भएको बताउनु भयो । पाँचखालमा धेरै महत्व रहेका ऐतिहासिक धरोहरहरू रहेका छन् सो महत्वपूर्ण सम्पदाको संरक्षण साथै पहिचानको लागि युवाहरूले भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । १४ बर्ष अगाडि स्थापना भएको (पुफा) ले छोटै समयमा पाँचखालको हितको लागि महत्वपूर्ण कार्यहरू गर्न सफल रहेको बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल वडा नं ८ का वडा अध्यक्ष एवं पाँचखाल नगरका प्रबक्त संजय तामाङले महोत्सवमा पाँचखालको कृषिउपजको प्रदर्शन‚ पाँचखालको मौलिकता‚ साँस्कृतिक साथै जातिगत पहिचानको लागि विभिन्न भेष भूसा साथै धर्म संकृतिको पहिचान झल्कने ढङ्गको कार्यलाई प्राथमिकता दिदै पाँचखालका युवाहरूले संञ्चालन गरेको (पुफा) को योगदानको स्मरणीय रहेको बताउँदै राम्रा कार्यलाई आफ्नो व्यक्तिगत ढङ्गको साथै नगरको तफर्बाट समेत सहयोग गर्ने बताउनु भयो ।

    गुफाका उपाध्यक्ष प्रताप लामा द्वरा सञ्चालित उक्त कार्यक्रममा पाँचखाल वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ‚ पत्रकार महाँसंघ काभे्रका अध्यक्ष बद्रीराज तिमल्सिना‚ पत्रकार महाँसंघका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना लगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमका सभापति एवं (पुफा) का अध्यक्ष मिलन श्रेष्ठले कार्यक्रमको समापन गर्दै आफूले संस्था नेतृत्व गरेको १४ बर्स भएकोले महोत्सव समापनको दिन पद हस्तान्तरण गर्ने बताउनु भयो । उहाँले थप्नुभयो —उद्योगी व्यवसायी ‚ नगरबासी‚ बुद्धिजीवि‚ नागरिक समाज लगायत विभिन्न संघ संस्थाको साथ र सहयोगमा पुफाको अध्यक्षको जिम्मेवारी सम्हालेको  १४ वर्षे कार्यकालमा यस संस्थालाई आजको दिन सम्म ल्याई पुर्याउन साथ र सहयोगीहरू प्रति आभार व्यक्त गर्दै कार्य त्यस्ताको कारण अध्यक्ष पदबाट अवकाश लिई नयाँ कार्य समितिलाई संस्था हस्तान्तरण गर्ने बताउनु भयो ।

    सभापति श्रेष्ठले भन्नुभयो महोत्सव सञ्चालनको लागि ३० लाख खर्चहुने अनुमान गरिएको छ भने विगत बर्षहरु लाई मध्यनजर राख्दा ६० हजारले महोत्सव अवलोकन गर्ने अनुमान गरेको बताउनु भयो । हिन्दुहरूको महान पर्व विजया दशमीलाई लक्षित गरी सञ्चालन गरेको महोत्सवमा सस्तो र सुलभमा दशैँको लागि आवश्यक सामानहरु उपलब्ध गराउने वातावरण मिलाउने बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार