२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

तेस्रो पाँचखाल महोत्सव चानचुने कुरा हैन—मेयर खरेल  


३७४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन ३, सोमबार मा प्रकाशित १ साल अघि
  • आई.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक । पाँचखाल नगरका प्रमुख महेश खरेलले तेस्रो पाँचखाल महोत्सव सञ्चालन गर्ने विषय चानचुने कुरा नभएको बताउनु भयो । धेरै ठुलो चुनौतीको सामना गर्दै “पाँचखाल युनाइटेड फुटबल एशोसिएसन” (पुफा) आयोजना गरेकोमा खुसी व्यक्त गर्दै धन्यबाद दिनुभयो ।

    तेस्रो पाँचखाल महोत्सवको उद्घाटन गर्दै पाँचखाल प्रमुख खरेलले उक्त धारणा व्यक्त गर्नुभएको थियो । पाँचखालको पहिचान‚ कृषि नगरी‚ संस्कृति‚ भेषभुषा झल्काउनको लागि जुन कार्यक्रमको आयोजना गरियो सो कार्यले पाँचखाललाई राष्ट्रिय अन्तराष्ट्रिय स्तर सम्म पहिचान गराउन मद्दत गर्ने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख खरेलले भन्नुभयो सम्पुर्ण पाँचखाल वासि मिलेर अगाडि बढ्नु पर्छ र बढ्दै छौं । जसको कारण पाँचखाल प्रदेशकै उत्कृष्ट बन्न सफल भएका छौं । आगामी दिनहरूमा देशकै उत्कृष्ट नगर निर्माणको लागि स्वै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । पाँचखाल निर्माणका लागि सबै पार्टीहरू एक भएर अगाडि बढेका छौं । जुन पाँचखाल वादको ढंगबाट अगाडि बढेको छ‚ फलस्वरुप देशभरकै कम बेरुजुको रुपमा पाँचखाल कायम हुन सफल भएको बताउनु भयो । पाँचखालमा लगानी सम्मेलन हुँदैछ‚ नगरवासीको हितको खातिर रोजगारी सृजना गर्ने कार्यको लागि हरित महिला औध्योगिकग्राम निर्माण हुदैछ ।

    पाँचखालमा सञ्चालन हुने सेजबाट ४ हजारले रोजगारी पाउने छन् । पाँचखालमा काठमाडौं विश्वविद्यालय सञ्चालनमा आएको छ । मदन भण्डारी विश्वविद्यालय निर्माणको लागि पहल भएको छ । सुनकोसी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । जसको कारण पाँचखाल वासिले शुद्ध पानी पिउन पाउने भएका छन् । कृषि नगरीको रुपमा अगाडि बढेको पाँचखाल नगरमा सिँचाइको लागि पानीको व्यवस्थाको लागि पहल गर्दै छौं । पाँचखाल निर्माणको लागि रात दिन नभनी खटेर कार्य गर्दै गरेको मेयर खरेलले बताउनु भयो ।

    काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरपालिकामा तेस्रो पाँचखाल महोत्सव आजबाट सुरु भएको छ । खेलकुद विकासमा युवाको अभियान‚कृषि‚ संस्कृति र पर्यटन पवद्धर्नमा पाँचखाल महोत्सवको पहिचान भन्ने मुल नाराका साथमा सुरु भएको महोत्सव असोज १६ गते सम्म सञ्चालन हुने भएको छ ।

    विगत लामो समयदेखि पाँचखालको पहिचान राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने कार्यमा योगदान गर्दै आएको “पाँचखाल युनाइटेड फुटबल एशोसिएसन” (पुफा) को आयोजना तथा पाँचखाल नगरपालिकाको सहयोगमा हुने उक्त महोत्सवमा पाँचखालको पहिचान झल्कने ढङ्गको कार्यहरू नहुनेभएको छ । सुरक्षाको मज़बुत व्यवस्था गर्दै सञ्चालन भएको महोत्सवमा दशैँलाई लक्षित गरि वजार व्यवस्थापन गरिएको छ । अन्यत्रको तुलनामा सुलभ दरमा उपभोग्य सामानहरू पाइने आयोजकले जानकारी गराएको छ ।

    राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूले दैनिक रुपमा कला प्रस्तुत गर्दै भरपुर मनोरञ्जन प्रदान गर्ने तयारी रहेको महोत्सव आयोजक समितिका संयोजक गणेश प्रसाद काफ्लेले जानकारी गराउनु भयो । पाँचखालमा धेरै ऐतिहासिक धरोहर‚ विभिन्न खालको भेष भुसा (जातिय पहिचान) कृषि नगरीमा उत्पादन भएको बिभिन्न कृषि उपजहरूको पहिचान लाई प्राथमिकता दिने तयारी भएको छ‚ काफ्लेले भन्नुभयो ।

    पुफाका अध्यक्ष मिलन श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रताप लामाले अतिथिहरूलाई शब्द द्वारा सम्मान गर्नुभएको थियो । कार्यक्रमका काभ्रे जिल्ला समन्वय समितिका उपप्रमुख रिम बहादुर तमाङ‚ काँग्रेस नेता शुन्दरमणी आचार्य ,पाँचखाल नगरका उपप्रमुख सुर्यमायाँ दनुवार‚ मण्डन देउपुर नगरका उपप्रमुख विष्णुमणि नेपाल‚ पाँचखाल नगर वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङ‚ पाँचखाल नगर वडा नं ८ का वडा अध्यक्ष एवं नगरका प्रवक्ता ;संजय तमाङ‚ नेकपा माओवादी पाँचखाल नगर कमिटीका अध्यक्ष चेत प्रसाद गौतम (मणि)  नेकपा एकीकृत समाजवादी पाँचखाल नगर कमिटीका सचिव सूर्य भेटवाल‚ जिल्ला प्रहरी कार्यालय काभ्रे डिएसपि ढुंडिराज न्यौपाने‚ नेकपा बहुमत दलका काभ्रे जिल्ला संयोजक कृष्ण सेवा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको समापन गर्दै पुफाका सचिव जीवन नेपालले महोत्सव आयोजना गर्नाको महत्वका बारेमा प्रस्ट्याउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार