२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

रत्न प्रसाद ढकाल भारि मतले विजयी


१०४३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ मंसिर ८, बिहिबार मा प्रकाशित १ साल अघि
  •  मंसिर ८काभ्रेपलान्चोक । जिल्लाको प्रतिनिधिसभा १ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र) र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका रत्न ढकाल प्रदेशसभा सदस्यमा विजयी हुनु भएको छ।

    ढकालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमाले उम्मेदवार दिलबहादुर तामाङलाई ९ हजार ४ सय ४२ मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो ।
    मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेका अनुसार माओवादी केन्द्रका रत्नले २० हजार ७३० मत प्राप्त गरी विजयी हुनु भएको छ । उनका निकटतम प्रतिष्पर्धी एमालेका तामाङले ११ हजार २ सय ७८ मत प्राप्त गर्नु भएको छ।अघिल्लो ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट एमाले र माओवादीका साझा उम्मेदवारको रूपमा प्रदेशसभा सदस्यमा नै विजयी भई ढकाल बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री समेत हुनु भएको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार