२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

काभ्रेको दुई पालिकामा औद्योगिक ग्राम स्थापाना हुने


२११७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन ६, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । सरकारले औद्योगिक ग्राम स्थापना गरी युवाहरुलाई रोजगारी तथा आत्मनिर्भर बनाउने योजना अनुसार मुलुकभर ८ स्थानमा हुने मध्य काभ्रेको दुई पालिका छनोटमा परेको छ ।
    मन्त्रिपरिषद बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम निर्माणको बारेमा प्रस्ताव राखेपछि सरकारको तर्फबाट स्वीकृत गरेको हो ।

    मन्त्रीपरिषद बैठकबाट स्वकृत भएका ८ औद्योगिक ग्राम मध्य काभ्रेको मण्डन देउपुर नगरपालिक र बेथानचोक गाउँपालिका समेत छनोटमा परेका छन् । त्यसैगरी लिखु गाउँपालिका ४, म्याग्दीको रघुगंगा २, जुम्लाको तातोपानी गाउँपालिका २, पाल्पाको रिब्दिकोट ३, गुल्मीको रुरु क्षेत्र ४, दार्चुलाको अपि हिमाल ४ छन् ।

    सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम संचालनमा ल्याउने लक्ष्य लिएको छ । छरिएर रहेको स्थानीय स्रोत साधन तथा प्रविधि परिचालन गरी स्थानीयस्तरमै रोजगारी सञ्चालन गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्राम घोषणा गर्दै आएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार