२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

जनयुद्धको ऋृण तिर्न बिकासका लागि कटिबद्ध छौं-मन्त्री मोक्तान


१६५८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन १२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई
    काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री माननीय कुमारी मोक्तानले काभ्रेजिल्लाको दुर्गम स्थलको रुपमा परिचित महाँभारत गाउँपालिका र खानिखोला गाउँपालिकाको विकास गरेर जनयुद्धको ऋण तिर्ने बताउनु भयो ।

    चौथो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कपको समुदघाटन गर्न महाभारत आइपुग्नु भएका मन्त्री मोक्तानले उक्त धारणा राख्नुभएको हो । उहाँले थप्नुभयो—जनयुद्धमा यो माटोले लगाएको ऋृण जति नै तिर्छु भने पनि अपुरै हुने छ । त्यसैले प्रदेश सरकार महाभारत र खानिखोलाको बिकास र निकास का लागि कटिबद्ध छौं ।

    अतितको स्मरण गर्नु हुँदै झुरझुरे घटनामा बिरगती प्राप्त आफ्ना सहयोद्दाको बलिदान प्रती भाबुक बन्न पुग्नु भएको थियो,आज जति पनि उपलब्धि हासिल भएको छ ,त्यसको संरक्षण गर्न सके मात्र ती सहयात्री प्रतिको बलिदानको न्याय हुनेछ ।

    जनयुद्धको बलमा प्राप्त सिमित उपलब्धि पनि खोसिने संकेत तर्फ सजग रहन इकिंत गर्नु हुँदै संघीयताको सहिसदुपयोग गर्दै जान सके मात्र सहिदको रगत माथी न्याय हुने बताउनु भएको छ ।
    सम्बोधन कै क्रममा मन्त्री मोक्तानले योद्धाको रगतसंङ्ग संघीयता साटेका हौं, जसको कारण आज आफू यो जिम्मेवारी बहन गर्ने स्थानमा पुगेकै कारण पनि गौरवका योजनाले स्थान पाएका छन् । आब ०८०÷८१ को बजेटले यहाँ का नागरिकका सपना पूरा गर्ने अठोट मन्त्री मोक्तानले सम्बोधनका क्रममा व्यक्त गर्नु भएको छ । खेलकुद र शिक्षाको बिकासका लागि आफुले सकेको योगदान गर्ने प्रतिबद्धता राख्न मन्त्री मोक्तान पछि पर्नु भएन ।

    राष्ट्रपति रनिङ शिल्ड कार्यक्रमलाई सम्बोधन गर्न महाभारत आउनु भएका नेकपा माओवादी बागमती प्रदेश सचिव एवं खानिखोला गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ्ग“ छिंन्ताङ्ग“ ले १० बर्षे जनयुद्धको दौरानमा कबुल गरेका बाचा पूरा गर्न सक्षम भएको खुलासा गर्नु भएको छ ।
    आफुहरुले उठाएका जनताका मुद्दाहरु सम्बोधन हुनेमा आशावादी रहेको चर्चा गर्नु हुँदै नेता थिङले मन्त्री मोक्तान यो भूगोलबारेमा जानकार भएको बताउनु भएको छ ।त्यति मात्र होइन ? महाभारतसङ्ग त जनयुद्धको आत्मीयता जोडिएको खुलासा समेत गर्नु भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार