२०८१ बैशाख १०, सोमबार | Mon, 22, Apr, 2024

कृषकलाई कृषि उपकरण वितरण


११६५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन २८, आईतबार मा प्रकाशित १ साल अघि
  • नगेन्द्र अधिकारी

    काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले आलु बाली पकेट विकास कार्यक्रम लागू भएका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण गरेको छ ।

    न्युनतम लगानीमा बढी उत्पादन र आम्दानी होस् भनेर ५० प्रतिशत अनुदानमा २० वटा मिनि पावर टिलर, ३४ वटा इलेक्ट्रिक स्प्रेयर र पानी तान्ने पम्प १० वटा वितरण गरिएको कृषि समितिका संयोजक समेत रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले जानकारी दिनुभयो ।

    नगर प्रमुख कुन्साङ लामाले कृषि सहकारी÷समुहका प्रतिनिधीहरुलाई ती सामाग्री हस्तान्तरण गर्नुभयो । उहाँले अनुदान वितरणमा दोहोरोपन नहुने भन्दै सामाग्रीहरुको उचित प्रयोग गरी उत्पादन र आम्दानी बृद्धि गर्न अनुरोध गर्नुभयो । नगरपालिकाले फलफुल बगैंचा र माटो प्रयोगशाला स्थापनानको तयारी थालेको पनि जानकारी दिनुभयो ।

    नमोबुद्ध–८ स्थित उज्जवल कृषि सहकारी संस्था, नमोबुद्ध–२ स्थित गोल्मादेवी बहुउद्धेश्यीय सहकारी संस्था, नमोबुद्ध–४ स्थित कुशल महिला सहकारी संथ्स्था र वातावरण कृषक समुह, नमोबुद्ध–८ स्थित भकुण्डेवेशी विउ विजन सहकारी संस्था र नमोबुद्ध–७ स्थित सल्लेडोल कृषक समुहले ५० प्रतिशत अनुदानमा ती सामाग्री बुझेका हुन् । कृषि शाखामा कार्यरत प्राविधिक सहायक नविन अधिकारीका अनुसार, कार्यक्रम लागू भएका ती समूह-सहकारीलाई २ वटा तालिम प्रदान गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार