२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

प्रेसलाई अङ्कुश लगाउने कानुन बन्दैन —कानुन मन्त्री


८९७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख १६, शनिबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक । राष्ट्रको चौथो अङ्गको रुपमा रहेको सञ्चार जगतलाई थप व्यवस्थित गर्दै आम नागरिकलाई तथ्य युक्त डाटा ( विवरण ) सहितको सूचना प्रदान गर्नको लागि हाम्रो तफर्बाट पूर्ण साथ सहयोग मिल्ने छ ।

    उक्त भनाई बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले ‘डेटा ड्रीभन पत्रकारिता तालिम’ समापनको क्रममा आज ( शनिबार ) धुलिखेलमा बताउनु भएको हो ।

    सञ्चार रजिष्टार कार्यालय हेटौंडाको आयोजनामा काभ्रेको धुलिखेलमा सञ्चालन भएको ५ दिने तालिम समापन कार्यक्रमका प्रमुख मन्त्री श्रेष्ठले थप्नुभयो —प्रेस जगतलाई अङ्कुश लगाउने खालको कुनै कानुन वा गतिविधि गर्न दिदैनौँ । विगतमा पत्रकारहरूलाई अलि समस्यामा पार्ने ढङ्गको कानुन निर्माण भएको थियो त्यसलाई हामिले संसोधन गरिसकेउ आगामी दिनहरूमा त्यस्ता कुनै समस्या हुने ढङ्गको कानुन बन्दैन ।

    ५ दिने तालिममा लिथो बाट सुरु गरेका पत्रकार डिजिटल समयमा पत्रकारितामा आबद्ध पत्रकारहरूका बिचमा फ्युजन भएको पाए‚ आगामी दिनहरूमा जेष्ठ पत्रकार र अनुज पत्रकारहरूको जोसलाई फ्युजन गर्ने वातावरणको लागि बजेट बनाउने छौं । मन्त्री श्रेष्ठले बताउनु भयो । विगतमा नेता भाषण मात्रै गर्ने र पत्रकार निबन्ध लेख्ने शैली पछिल्लो समय कम हुँदै गएको छ ‚ नेताको भाषण र पत्रकारको समाचार तथ्य युक्त डाटा वेश हुनुपर्ने बताउँदै विस्तारै सोही तफर् लम्किएको बताउनु भयो ।

    कार्यक्रममा सञ्चार रजिस्टर कार्यालयका रजिष्टार रेवती प्रसाद सापकोटाले पत्रकारितालाई निखार ता साथै निस्पक्षताको लागि तालिमको आयोजना गरेको बताउनु भयो । पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्नको लागि नयाँ र फरक ढंगबाट कार्य गरिने तयारी रहेको बताउनु भयो ।

    तालिममा बागमती प्रदेशका जिल्लाहरूमा रहेका क्रियाशील पत्रकारहरूको सहभागितामा ‘डेटा ड्रीभन पत्रकारिता तालिम’ सञ्चालन भएको थियो । उमेश श्रेष्ठले र उज्ज्वल आचार्यले तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार