२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

दिन बन्धु पोखरेल पातलेखेतमा


७५१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख २०, बुधबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक / धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेत ( दाहाल चौर ) मा रहेको पञ्चकन्या मन्दिरमा आयोजना हुने सप्ताहमा प्रमुख बाचकको रुपमा पं.दिनबन्धु पोखरेल आयनु हुने भइको छ ।

    स्थानीय समाजसेवी एवं धर्मावलम्बी कमल परियार तथा उहाँको परिवारहरूको योगदानमा निर्मित हिन्दुहरूको आराध्यदेवको रुपमा रहेको पञ्चकन्या मन्दिरमा सप्ताहको आयोजना गरी समुदायलाई हस्तान्तरण गरिने तयारी रहेको पत्रकार सम्मेलन माफर्त जानकारी गराइएको छ ।

    बैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म सोही मन्दिरमा सप्ताहको आयोजना गरिने भएको छ । सो सप्ताहमा दानवीरले दिएको चन्दाबाट मन्दिर हातामा थप व्यवस्थापन गरी पात्लेखेत र आसपासमा क्षेत्रहरूका धर्मावलम्बीहरूलाई सहज ढंगबाट मन्दिरको दर्शन गर्ने वातावरण निर्माण गर्ने जानकारी प्राप्त भएको छ ।

    सप्ताह सम्पन्न गर्नको लागि कमल परियारको संयोजकत्वमा १०८ जनाको मुल आयोजक समिति गठन भएको छ । समितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलन माफर्त कमल परियारको निजी जग्गामा निर्मित उक्त मन्दिर समुदायलाई हस्तान्तरण गर्ने जानकारी गराइएको हो । करिव ५० लाख मूल्य पर्ने जग्गामा निर्मित उक्त मन्दिरमा आयोजना गरिने सप्ताहको सुरुवातीको लागि आर्थिक व्यवस्थापन संयोजक परियारकै तफर्बाट गरिने जानकारी गराइएको छ ।

    पत्रकर सम्मेलनमा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्री राज तिमल्सिनाले पात्लेखेतमा रहेको पञ्चकन्या मन्दिर पात्लेखेतको मात्रै नभएर जिल्लाकै गहनाको रुपमा रहेको बताउनु भयो । उहाँले थप्नुभयो मन्दिरमा थप व्यवस्थापनको लागि सप्ताहको आयोजना गरेकोमा सञ्चारको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार