२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

काभ्रेपलाञ्चोकमा रिसोर्ट चोरी गर्ने अभियुक्त पक्राउ


११०५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० जेष्ठ ३, बुधबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं.०६ स्थितमा हरि चन्द्र पोखरेलले सञ्चालन गरेको हाई भ्यु रिसोर्ट होटलमा चोरी गने अभियुक्तहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जेठ १ गते रातीको समयमा रिसोर्टको झ्याल तोड फोड गरी भित्र छिरी यु.एस.ए‚ युरो र भियतनाम देशहरूको विदेशी मुद्रा ५ हजार भारतीय रुपैयाँ २० हजार‚ नेपाली नगद ५० हजार ‚ बिभिन्न साईज का बुद्धको मूर्तिहरू‚ कम्युप्टर थान–२‚ आई प्याड थान–२ लगायतको सामानहरू चोरी भएको थियो ।

    होटलमा चोरी भएको भनी जेठ २ गते इलाका प्रहरी कार्यालय बनेपामा हुलिया निवेदन दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी गराएको छ । प्रहरीले खोजतलासको क्रममा धुलिखेल न.पा वडा नं. ०३ कुताल बस्ने बर्ष २२ को अमृत तामाङ लाई जेठ २ गते रातीको ११ पक्राउगरी सोधपुछको अभियुक्त तामाङले साविती बयान दिदै म लगायत अन्य २ जना मानिसहरू भई चोरी गरेका हौँ र उक्त चोरी गरेको सामानहरू काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०६ स्थित जङ्गलमा लुकाई छिपाई राखेको भनी बताएको प्रहरीले जानकारी गराएको छ ।

    अभियुक्तबाट पाल्देन लामाको मूर्ति थान–२‚ गुरु रिम्पोछेको मूर्ति थान–३‚ हरियो तारा भएको मूर्ति थान–१‚ मेडिसिन बुद्धको मुर्ति थान–१‚ सेतो ताराको मूर्ति थान–१‚ सरस्वतीको मूर्ति थान–१‚ लोकेश्वरको मूर्ति थान–१‚ लाफिङ्ग बुद्धको मुर्ति थान–१‚तामाको पाताबाट बनेको माला तथा मालाका सामानहरू राख्ने सानो बाकस थान–१‚ बिभिन्न किसिमका माला तथा माला बनाउन प्रयोग हुने सामानहरू बरामद गरेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी गराउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार