२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

काभ्रेमा बेश्याबृत्ति गराउने अभियुक्तहरु पक्राऊ


१०३२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० जेष्ठ ६, शनिबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १० पुलबजारमा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा बेश्याबृत्ति गरेको सुचनाको आधारमा प्रहरीले छापा मारेर आवश्यक कानुनी कारवाही प्रक्रिया सुरु गरेको छ ।

    प्रहरीले पाएकोे गोप्य सूचनाको आधारमा ४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले गेष्ट हाउमा चेक जाँचको क्रममा मकवानपुर जिल्ल्ला बागती गाउँपालिका वडा नं. ७ स्थाई घर भई हाल बनेपा न.पा. वडा नं. १० मा तेमाल गेष्ट हाउस एण्ड खाजा घर सञ्चालन गरी बस्ने बर्ष ४२ को लालमान तितुङ र काभ्रेपलाञ्चोक जिल्ल्ला चौरी देउराली गाउँपालिका लामाटोल स्थाई घर भई हाल बनेपा न.पा. वडा नं. १० मा तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा काम गर्ने बर्ष २० को श्याम लामा रहेका छन् ।

    प्रहरीको अनुसार होटलका संचालकहरुले ललाई फकाई, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाई होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरीक सम्पर्क गर्न बाध्य बनाउने गरेको कुरा खुल्न आएकाले उक्त होटल एण्ड गेष्ट हाउसमा रहेका नावालिका र किशोरीहरु– ५ (पाँच) जनालाई उद्धार गरेको छ ।

    होटल एण्ड गेष्ट हाउस संचालकहरुलाई कानुन बमोजिम पक्राउ गरी मानव बेचबिखन तथा ओसर पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिई काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट पहिलो पटकलाई ७ (सात) दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रबक्ता ढुण्डीराज न्यौपानेले जानकारी गराउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार