२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

प्रदेश सरकारको अवस्था खेतमा राख्ने बुख्याचा —कानुन मन्त्री 


४९९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० जेष्ठ ७, आईतबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक कानुन मन्त्री गङ्गा नारायण  श्रेष्ठले प्रदेश सरकारसँग कुनै अधिकार छैन‚ सम्पूर्ण अधिकार सङ्घमा मात्रै छ‚ प्रदेश सरकारको अवस्था खेतमा राख्ने बुख्याचा जस्तो मात्रै रहेको बताउनु भयो ।

    काभ्रेको धुलिखेलमा पे्रस सेन्टर नेपाल बागमती प्रदेशको बाषिर्क साधारण सभाको उद्घाटन सत्रमा कार्यक्रमका विशेष अतिथि मन्त्री श्रेष्ठले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रममा मन्त्री श्रेष्ठले भन्नुभयो — बहुउपयोगी गाँजालाई लागू औषधको रुपमा प्रतिबन्ध लगाइएको छ‚ यो राम्रो कार्य हैन । घरेलु मदिरा कोदोबाट बनेको तीन पानेलाई पनि अवैध मानिएको छ यो राम्रो कार्य हैन । गाँजालाई औषधीको रुपमा विकास गर्नुपर्ने र तीन पानेलाई प्रक्रियामा ल्याएर ब्रान्डिङ गर्नुपर्ने बताउनु भयो । प्रदेश सरकारसँग अधिकार छैन अधिकार भएको संघीय सरकारले यस्ता विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    जुन सुकै पदमा रहेपनि मुलुकको हित विपरित कार्य गर्ने जो कोहीलाई कारवाही गर्नुपर्ने बताउंदै भ्रष्टाचारीलाई ठेगान नलाएसम्म समृद्ध मुलुक निर्माण हुन नसक्ने बताउनु भयो । मुलुकको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई आधुनिकीकरण गर्दै अगाडि बढाउनु पर्ने बताउनु भयो । पत्रकारहरूको दुर्घटना बिमाको व्यवस्था गर्नुपर्ने बताउँदै सञ्चारको साधनमा आधुनिकीकरण गर्न जरुरी रहेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार