२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

हिमपहिरोमा चार जना बेपत्ता


७०७३ पाठक संख्या
  • २०८० जेष्ठ ७, आईतबार मा प्रकाशित ११ महिना अघि
  • बझाङ — सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा हिमपहिरो जाँदा एक जना घाइते भएको र चार जना पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।चार जना केही घण्टादेखि नै बेपत्ता भएकाले उनीहरू पुरिएको हुनसक्ने आकलन गरिएको प्रहरीको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जागेश्वर भण्डारीले हिमपहिरोमा यार्चा संकलकहरु परेको जानकारी आएको र उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाइएको जानकारी दिए ।

    बिहान ११ बजेतिर हिमपहिरोमा मानिसहरू पुरिएको खबर गाउँमा आएको थियो । तर घटनास्थलबाट पनि कति मान्छे पहिरोमा परे भनेर यकिन गर्न सकेका छैनन् । त्यस क्षेत्रमा ठूलो संख्यामा यार्चा संकलकहरु पुग्ने भएकाले धेरै मानिसहरु पहिरोमा परेको हुनसक्ने आशंका स्थानियहरुको रहेको छ   ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार