२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बेश्याबृत्ति अभियोगमा मैनाली पक्राऊ


१३८८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० जेष्ठ ८, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ८ मा रहेको लामा क्याफेमा अनैतिक कृयाकलाप गराएको अभियोगमा क्याफे सञ्चालक राधाकृष्ण मैनालीलाई प्रहरले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले पाएको गोप्य गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपा बाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले होटलमा चेकचाँजको क्रममा होटल संचालकले ललाई फकाई, आर्थिक प्रलोभनमा पारी होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती रुपमा शारिरीक सम्पर्क गर्न बाध्य बनाउने गरेको जानकारी प्राप्त भएको थियो ।

    प्रहरीले उक्त क्याफेमा रहेका नावालिका र किशोरीहरु– ३ (तिन) जनालाई उद्धार गरी होटल संचालक काभ्रेपलाञ्चोक जिल्ला साविक सिपाली चिलाउने गा.बि.स वडा नं.८ हाल रोशी गा.पा. वडा नं. ६ स्थायी घर भई हाल बनेपा– ८ मा लामा क्याफे संचालन गरी बस्ने राधाकृष्ण मैनाली लाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम कारवाहिको लागि आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार