२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

डेफुले ढिला सुस्ती गर्दा थप समस्या भएको छ—खनाल


६२९३ पाठक संख्या
  • २०८० जेष्ठ १२, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका मेयर कुन्साङ लामाले नमोबुद्ध नगरपालिका र आसपासमा रहेका उपत्यकावासीलाई सहज र सरल ढंगबाट सेवा दिने उद्देश्यले सञ्चालनमा आएको मेथीनकोट अस्पताल सञ्चालनको लागि नगरको तफर्बाट निरन्तर सहयोग गर्ने बताउनु भयो ।

    अस्पतालको सेवा प्रबर्द्धन गर्ने साथै अस्पतालले हाल सम्म गरेको उपलब्धि र भावी योजनाको बारेमा जानकारी गराउने उद्देश्यले अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनको अवसरमा मेयर लामाले उक्त धारणा राख्नुभएको हो ।

    पत्रकार सम्मेलनमा मेयर लामाले थप्नुभयो —अस्पताल सञ्चालनको लागि जग्गा अपुग छ ‚ आवश्यक जग्गा व्यवस्थापनको लागि प्रकृया अगाडि बढाइएको छ । अस्पताल सहज ढंगबाट सञ्चालन गर्दै नगर र आसपासका जनतालाई स्वास्थ्य सेवा दिने विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्ने बताउनु भयो ।

    कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्री राज तिमल्सिनाले अस्पताल सञ्चालनको बारेमा समन्वय हुँदै आएको बताउँदै रचनात्मक सहयोगको लागि पत्रकारहरू तयार रहेको बताउनु भयो ।

    कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खनालले भन्नुभयो — स्वास्थ्य बिमा गर्नेहरूका लागि राज्यले समयमा औषधि उपलब्ध नगराउँदा मेथीनकोट अस्पतालबाट स्वास्थ्य बिमाको सुविधा दिन सकेनौ । २०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सञ्चालन भएकोमा २०६६ मा आइपुग्दा १५ शैयाको अस्पतालको रुपमा रूपान्तरण गर्न सफल भएकोमा ०७८ सालमा ५० शैयाको बागमती प्रदेश प्रादेशिक अस्पतालको रुपमा रूपान्तरण भएको छ ।

    कार्यक्रममा अध्यक्ष खनालले भन्नुभयो “हामीसँग दक्ष जनशक्ति छ तर थोरै बजेटको अभावले गर्दा शल्यक्रियाको सेवा दिन सकेका छैनौ ।”हामीले शहरमा भन्दा सुविधायुक्त सेवा दिन्छौं‚ तर शहरमा जस्तो सेवाग्राही गाउँमा हुदैनन् । जग्गा अभावले गर्दा सञ्चालनमा समस्या आएको छ‚ सबै प्रकिया पुरा भएको छ तर बनका डेफुले ढिला सुस्ती गर्दा थप समस्या भएको छ ।

    अस्पतालका अधिकृत कमल भुर्तेल द्वारा सञ्चालित उक्त कार्यक्रममा डा. आनन्द मणि उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो भने अस्पतालका प्रमुख मधुकर दाहालले अन्यत्रको तुलनामा फरक ढंगबाट अस्पताल सञ्चालन गरी सेवाग्राहीहरूलाई गुणस्तरीय आधुनिक ढंगबाट सेवा दिने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार