२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

सिक्री लुटेको आरोपमा काभ्रेली पक्राऊ


८४२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० जेष्ठ १७, बुधबार मा प्रकाशित १0 महिना अघि
  • १७ जेठ, काभ्रेपलाञ्चोक।  सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक  जना युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका-१ देवीटार बस्‍ने ३० वर्षीय पाण्डे भन्‍ने विष्णु तामाङ रहेका छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि  प्रहरी वृत बानेश्वरमा पठाइएको  अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मिलन केसीले बताए ।

    तामाङले  काठमाडौं -३२ पेप्सीकोला गेटवे मोन्टेश्वरी स्कुल अगाडि पैदल हिडिरहेकी मध्‍यपुर ठिमी -७ बस्‍ने मनमाया छुजुले घाँटीमा लगाएको सुनको सिक्री पछाडिबाट लुटपाट गरेको प्रहरीको आरोप छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार