२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सहकारीका सञ्चालक राजनीतिमा सहभागी नहुनोस-घिमिरे


१७१३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० जेष्ठ १९, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । बाल युवा प्रौढको साथ‚ सबैसँग आर्थिक विकास मित्र भन्ने मूलनाराका साथमा ग्रामीण बस्तीमा बसोवास  गर्ने जनताहरूको उत्थानलाई प्राथमिकतामा राखी अगाडि बढेको संस्थाले आन्तरिक कार्यविधिहरू निर्माण ‚ पुनरावलोकन तथा प्रशिक्षण कार्यक्रम आज धुलिखेलमा भएको छ ।

    कार्यक्रममा नेफ्सकुनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले सहकारी सञ्चालकहरू कुनैपनि राजनीतिक दलमा आवद्द हुन नहुने बताउनु भयो । उहाँले थप्नुभयो सहकारीले योजना निर्माण गर्दा होसियारी रहनु पर्छ । संस्थाले लिएको लक्ष पूर्ण रुपमा प्राप्ति अनिवार्य रहन्छ । सञ्चालकहरुले निर्णय गर्दा लटर पटर तरिकाले गर्न नहुने सुझाव दिनुभयो ।

    सहभागीहरूलाई प्रशिक्षण दिदै कार्यक्रमका प्रमुख अतिथि नेर्फ्सकुनका पूर्व अध्यक्ष घिमिरेले आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको प्रगति हेर्दा धेरै राम्रो पाय यो सङ्क्रमणकालीन अवस्थामा यति धेरै राम्रो अवस्था हुनुले आत्तिन नपर्ने बताउनु भयो ।

    संस्थाको अध्यक्ष सरोज सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुर नाथ अधिकारीले संस्थाको प्रगती तथा भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा सञ्चालक समिति‚ सल्लाहकार समिति  विभिन्न  उपसमिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । संस्थाका सचिव नारायण प्रसाद ढुङ्गाना द्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष बाबुकाजी पराजुलीले स्वागत गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार