२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

सवारी दुर्घटनामा तीनको मृत्यु


१८९०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० जेष्ठ २१, आईतबार मा प्रकाशित १0 महिना अघि
  • २१ जेठ,बुटवल। पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा दुर्घटनामा परेको हो।

    मृतकमध्ये दुई महिला र एक पुरुष रहेका छन् । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले बताए ।

    उनका अनुसार दुर्घनाग्रस्त जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ। दुर्घटनाका  मृतक र घाइतेको पहिचान खुल्न बांकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी थापाले बताए ।दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार