२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

शीर लाई अन्तराष्ट्रिय स्तरको अस्पतालको रुपमा अगाडि बढाउनु पर्छ —बैद्य


१०७१३ पाठक संख्या
  • २०८० जेष्ठ २३, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । समाजसेवी एवं उद्योग वाणिज्य संघ केन्द्रिय उपाध्यक्ष शूर कृष्ण वैद्यले बनेपा नगरको लागि शिर मेमोरियल अस्पताल इतिहास हो यसको सम्रक्षण गर्नु नगरको कर्तव्य रहेको बताउनु भयो ।

    आज बनेपा नगरको आयोजनामा सम्पन्न योजना निर्माणको लागि नगरवासिहरुसंग सुझाव संकलन गर्ने कार्यक्रममा वैद्यले उक्त धारणा राख्नुभएको हो । उहाँले थप्नुभयो बनेपाको इतिहास स्व .त्रिभुवनको सालिक पनि भएकोले सो सालिकलाई पुनर निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।

    अस्पताललाई व्यवस्थापन गर्दै अन्तराष्ट्रिय स्तरको रुपमा विकास गर्नु नगरको दायित्व रहेको बताउनु भयो । अस्पतालले विगत लामो समयदेखि निरन्तर रुपमा प्रदान गरेको योगदान अविस्मरणीय छ ‚ सो योगदानको उच्च कदर गर्दै थप व्यवस्थापनको लागि नगरलाई सुझाव दिनुभयो ।

    काभ्रेको पहिलो नगरको रुपमा परिचित बनेपा नगरले पुरातन ढङ्गको विकास निर्माण कार्य गरेर हुदैन आधुनिक‚ दीर्घकालीन साथै नमुना ढङ्गको कार्यलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । खेलुदको क्षेत्रलाई व्यवस्थित गर्दै नगरवासि युवाहरुले आफ्नै नगरमा सहज ढंगबाट विबिध खाले खेल खेल्ने वातावरण निर्माण गर्न सुझाव दिनुभयो ।
    २१ जिल्लाको व्यापारी केन्द्रको रुपमा रहेको व्यापारिक नगरमा बसपार्क निर्माण गर्न सुझाव दिनुभयो । नगरको व्यापार व्यवसाय वृद्धिको लागि बसपार्क अनिवार्य रहेकोले नगरले ध्यान दिनुपर्ने बताउनु भयो । बस पार्क निर्माण गर्दा हालको भन्दा ४० प्रतिशत व्यवसाय वृद्धि हुने उद्योग वाणिज्य संघका उपाध्यक्ष वैद्यले थप्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार