२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मलाई कसैले कुनै पार्टीको भनेर चिन्ने मौका दिन्न —गौतम ( भिडियो सहित)


१७४७३ पाठक संख्या
  • २०८० भाद्र १८, सोमबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले नेपालमा आजको मानव अधिकारको स्थिति निकै डरलाग्दो अवस्थामा रहेको बताउनु भयो ।

    नेपाल मानव अधिकार संगठन जिल्ला शाखा काभ्रेपलाञ्चोकको तेस्रो वाषिर्क साधारण सभा एवं जिल्ला अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रममा समन्वय प्रमुख गौतमले भन्नुभयो “विगत एउटा समय थियो ‚ मान्छे अशिक्षित थिए ‚ चेतनाको कमी थियो जसका कारणले गर्दा घटनाहरू घट्ने गर्दैथियो ।” काभ्रे जिल्ला साथै जिल्लामा रहेका सबै पालिकाहरूले साक्षर पालिका घोषणा गरिसकेको छ यस्तो अवस्थामा मानव अधिकार हननका घटनाहरू कम हुन्छ । हामी मानव अधिकारको क्षेत्रमा काम गरिरहेको भएपनि मेरो ‚तेरो‚ यो पार्टी ‚ उ पार्टी भन्ने  गरेको छ । यस्तो अवस्थामा न्याय पाउन सम्भव नरहने तर्क गर्दै मानव अधिकारको क्षेत्रमा रहनेले पार्टीको नभई निष्पक्ष रहनुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा समन्वय प्रमुख गौतमले जुन वेला सम्म समान दृष्टि पुर्याउन सक्दैन तव सम्म नेपालमा मानव अधिकारको क्षेत्रमा काम गर्न गारो रहेको बताउनु भयो । काभ्रे जिल्लामा कसैलाई पनि भिक्ट्रीम हुन दिइने छैन ‚ चाहे मेरो वा तेरो किन नहोस् । जिल्ला समन्वय समितिको प्रमुख भएर ५ बर्स रहँदै गर्दा मलाई कसैले कुनै पार्टी भनेर चिन्ने अवसर नदिने बताउँदै पदमा रहँदा निष्पक्ष ढंगबाट सेवा दिनुपर्ने तर्क राख्नुभयो । उहाँले थप्नुभयो मैले प्रदान गर्ने सेवामा समान गर्नेछु ‚ साझा बन्ने छु ।

    नेपाल मानव अधिकार काभ्रेपलाञ्चोक जिल्ला शाखाका अध्यक्ष राजु सिग्देलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव गिता तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रमका जिल्ला समन्वय समितिका प्रवक्ता एवं मानव अधिकार कर्मी अप्सरा ढुंगाना ( सिपखान ) ले स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुनम जोशी ‚ प्रगति प्रतिवेदन सचिव गीता तिमल्सिना ले प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल ‚ शुभकामना मन्तव्य पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रीराज तिमल्सिना‚ मानव अधिकार काभ्रे शाखा संस्थापक अध्यक्ष हरि मञ्जुश्री लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । बन्द सत्रबाट पुन राजु सिग्देललाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार