२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अबको समय नेतालाई गाली गर्ने होइन—घिसिङ्ग


११२८५ पाठक संख्या
  • २०८० भाद्र १८, सोमबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला कमिटी सचिव एवं बागमती प्रदेश कमिटी सचिवालय सदस्य देवलाल घिसिङ ( अनुशील ) ले अबको समय भनेको नेताहरूलाई गाली गर्ने समय नभएको बताउनु भयो ।

    जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान “जनजनमा माओवादी‚ घरघरमा माओवादी” अन्तर्गत कार्यक्रममा आफ्नो धारणा राख्दै माओवादी नेता घिसिङले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रममा नेता घिसिङले थप्नुभयो “अबको समय नेतालाई गाली गर्ने समय हैन‚ कार्यकर्ताहरू जनतासँग जाने जनताको चाहना अनुसारको कार्य गर्न जरुरी छ ।” समय निकै चुनौती पूर्ण छ तर चुनौतीलाई अवसरको रुपमा लिदै अगाडि बढ्ने अभियानमा माओवादी पार्टी रहेको घिसिङजीले बताउनु भयो ।

    नेकपा माओवादीले उज्यालो निर्माणको लागि जसरी सफलता हासिल गरेको थियो सोही ढंगबाट भ्रष्टाचारीहरू लाई कारवाही गर्ने छ । भ्रष्टाचारीलाई जेल कोच्ने क्रम जारी छ र निरन्तर रहने छ ‚ नेता घिसिङले बताउनु भयो । नेकपा माओवादीले जनयुद्धमा जसरी नेपाली जनताको साथ पाएका थियौं सोही तरिकाले पूर्ण रुपमा पार्टीले अगाडि बढाएको अभियानमा साथ पाउने ठोकुवा गर्नुभयो ।  एक्ले दौडेर पहिलो हुने हैन सबैसँग सँगै अगाडि बढेर पहिलो हुने कार्यमा हामी अगाडि बढेका छौं । नेपाली जनताको चाहना पनि सोही हो ।

    अभियानको क्रममा नेता घिसिङले नेताहरू विगतमा जस्तो शहर केन्द्रित हुने नभई जनताको साथमा रहेर जन चाहना अनुसारको कार्यमा निरन्तर अगाडि बढ्ने बताउनु भयो । उहाँले थप्नुभयो —ऐतिहासिक धरोहरको संरक्षण ‚ सडक तथा विद्यालयहरूमा सरसफाइ साथै मर्मत सम्भार लगाएको सामाजिक कार्यमा जनताको साथमा रहेर मओवादी पार्टी अगाडि बढ्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार