२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

ग्रामिण पाठशालामा तिज बिषेश कार्यक्रम


४४०१९ पाठक संख्या
  • २०८० भाद्र २३, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । नेपाली हिन्दू नारीहरुको महान चार्ड हरितालिका तिजको अवसरमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरी संस्कृतिको संरक्षण गर्ने कार्यले सकारात्मक सन्देश दिएको छ ।

    सोही अनुसार आज (शनिबार) नमोबुद्ध नगरपालिका वडा नं २ भकुण्डेबेशिमा सञ्चालित ग्रामिण पाठशाला स्कुलले आफ्ना अभिभावक र शिक्षिकाहरुबिचको सम्बन्धलाई थप सुमधुर, प्रगाढ बनाउँदै नेपाली संस्कृतिको संरक्षण गर्ने उदेश्यले हरितालिका तिजको अवसरमा दर खाने कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।

    बिधालयका प्रीन्सिपल विदुर शर्मा भण्डारीको संयोजकत्वमा सप्पन्न कार्यक्रममा अभिभावकहरुको उपस्थित रहेको थियो । उपस्थित अभिभावकहरुलाई भरपुर्ण मनोरञ्जन प्रदान गर्नको लागि बिद्यार्थीहरुले आफ्नो प्रतिभाहरु प्रस्तुत गरिएको थियो । विद्यालयका शिक्षिका, शिक्षक र बिद्यार्थी भाइबहिनीहरुद्वारा छुट्टाछुट्टै ढंगको नृत्य र साथमा लोक गायक मदन विष्टको समेत विशेष प्रस्तुतिले तिज पर्वको महत्व झल्किएको थियो ।

    विद्यालयले आयोजना गरेको उक्त कार्यक्रम पश्चात् सम्पुर्ण अभिभावक शिक्षकशिक्षिका र बिद्यार्थीहरुले सामुहिक दर खाएर कार्यक्रम समापन हुदै गर्दा विद्यालयले पर्वहरुको संरक्षणमा खेलेको भुमिकाको अभिभावकहरु हर्सित भएका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%६%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार