२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शैक्षिक नीति बनाउदा निजिलाइ उपेक्षा गर्न हुन्न—गौतम


५७९९ पाठक संख्या
  • २०८० भाद्र २४, आईतबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेका संयोजक दिपक गौतमले निजि विद्यालयहरुले पनि नेपालको शैक्षिक सुधारमा अहम भुमिका निर्वाह गर्दै आएकोले सरकारले शैक्षिक नीति तथा कानुन बनाउदा निजि स्कुललाइ उपेक्षा गर्ननहुने बताउनु भयो ।

    आज (शुक्रबार) सम्पन्न नेशनल प्याब्सन काभ्रे ले एनप्याब्सन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता कार्यक्रमका प्रमुख अतिगि समन्वय संयोजक गौतले उक्त धारना राख्नुभएको हो ।

    उक्त कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य , नेशनल प्याब्सन केन्द्रका उपाध्यक्ष शम्भु अधिकारी , उपमहासचिव प्रकाश खड्का, नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष डि.एन .महत्तो , नेशनल प्याब्सन काभ्रेका अध्यक्ष अग्नि ज्ञावाली प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल पत्रकारहरु , जिल्ला कार्यसमिति सदस्यहरु तथा विभिन्न प्रकाशनका प्रतिनिधिहरुको उपस्थिति थियो ।

    कार्यक्रममा नेशनल प्याब्सन काभ्रेका सचिव सुर्य पौडेलले स्वागत मन्तब्य राख्नुभएको थियो । प्रमुख अतिथिले गीत प्ले गरेर उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल नृत्य महासघ काभ्रेका अध्यक्ष अमर कृष्ण चन्द र नेपाल नृत्य महासघ बागमती प्रदेशका उपाध्यक्ष दिपक बर्ज्राचार्यले निर्णायकको भुमिकामा हुनुहुन्थ्यो । कार्यक्रममा जुनियर र सिनियर गरि नौ वटा समुह प्रतियोगितामा सहभागी थिए ।

    जसमध्ये जुनियरमा उग्रचण्डी बोर्डिङ स्कुल प्रथम , पनौती बोर्डिङ स्कुल द्धितिय, सेन्टलम एल्वम एकेडेमी तृतीय ग्रामिण पाठशालाले उत्कृष्ट भेषभुषा र न्यु मोडेल एकेडेमीले उत्कृष्ट पर्फमेन्समा अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी सिनियर तर्फ सेन्टलम एल्वम एकेडेमी प्रथम , पनौती बोर्डिङ स्कुल द्घितिय र उग्रचन्डी बोर्डिङ तृतीय र उत्कृष्ट पर्फमेन्सको रुपमा ग्रामीण पाठशाला लाई अवार्ड प्रदान गरिएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन काभ्रेका अध्यक्षले नेसनल प्याब्सनले राम्रो कार्यको सुरुवात गरेको भन्दै यस्ता कार्यले बालबालिकाको प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै एनप्याब्सन केन्द्रका उपाध्यक्ष शम्भु अधिकारीले अब यस्ता कार्यक्रम प्याब्सनलाई पनि मिलेर संयुक्त गरि नयाँ आयाम थप्न आग्रह गर्नुभयो । उक्त कार्यक्रम नेशनल प्याब्सन काभ्रे जिल्ला कोषाध्यक्ष बिदुर शर्मा भण्डारी ले सन्चालन गर्नु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार