२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

बलबालिकाको सम्मान बालबालिकालाई नै


६४२३ पाठक संख्या
  • २०८० भाद्र २९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक/५९ औं बालदिवसको अवसर पारेर काभ्रेपलाञ्चोक बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम्मान गरेका छन् । कक्षा ५ देखि १० सम्मका बालबालिकाले नर्सरीदेखि कक्षा ४ सम्मका बालबालिकालाई सम्मान गरेका हुन् ।

    शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले भदौ २९ गते बालदिवसको अवसर पारेर सम्मान कार्यक्रममा विद्यालय प्रशासन, अभिभावकले समेत सम्मान गर्नुभएको हो ।

    विगतका बर्षहरुमा जस्तै यो बर्षको सम्मान कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिती रहेको थियो । ‘‘बालमैत्री शासन, बाल अधिकारको सम्मान’’ भन्ने मुल नाराका साथ राष्ट्रिय बालदिवसको अवसरमा कक्षा प्ले ग्रुप देखि कक्षा ४ सम्मका ५ सय भन्दा धेरै बालबालिका लाई पूजा गर्दै बिभिन्न सामग्री उपहार स्वरुप वितरण गरिएको थियो ।

    विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पाठ्यक्रमको अलवा व्यावहारिक तथा सामाजिक उत्तर दायित्ववोध गराउने ज्ञानसँग पनि परिचित गराउँदै आइरहेको प्रतिष्ठानका सञ्चालक तथा प्रबन्धनिर्देशक प्रताप वैद्यले जानकारी दिनुभयो ।

    उक्त दिन करिब ५ सय जना नानी/बाबुहरुलाई समान रुपमा पूजा गर्दै उपहार प्रदान गरिएको हो । कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक/शिक्षिकाहरुका साथै कक्षा ६ देखि १० का विद्यार्थीहरुले स–सानानानी/बाबुहरुलाई उपहार प्रदान गरेका थिए ।

    साना नानी बाबुहरुले कापी, कलम (स्टेशनरी) फलफूल, खाजा, चङ्गा तथा अन्य उपहार पाउँदा खुसी हुनु भएको थियो । हुनुका साथै अभिभावकहरुले यस प्रकारका कार्यक्रमहरु बाट विद्यालय जीवन देखि कला, संस्कृती र सामाजीक कार्यको जर्गेर्नाका साथै व्यावहारीक शिक्षामा पनि सकारात्मक सन्देश गएको कुरा विद्यालयका शिक्षक शिक्षिका आम अभिभावकहरुले बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार