२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

खानीखोलामा उत्कृष्ट स्वयम्सेविका पुरस्कृत


४९६७ पाठक संख्या
  • २०८० भाद्र ३१, आईतबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले हरितालिका तिजको अवसरमा महिलालाई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुन प्रोत्साहन गर्ने पुरुष सदस्य (श्रीमान्)लाई पुरुष अर्थात् श्रीमान्हरुलाई सम्मान गरेको छ ।

    गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा भएको तिज विषेश शुभकामना आदान प्रदान कार्यक्रममा प्रत्येक वडाबाट एक÷एक जना गरी ७ जनालाई सम्मान गरेको हो ।

    गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले संविधानले दिइएको महिला अधिकारलाई पुर्ण रुपमा पालना गरेर विना आशंका र हिच्किचहट समाजिक अगुवाई गर्ने कामहरुमा चुलाचौकाबाट बाहिर निस्केर स्वतन्त्र रुपले काम गर्न सहयोग तथा प्रोत्साहन गर्ने पुरुष (श्रीमान्)लाई सम्मान गरेको स्पष्ट परे ।

    अध्यक्ष थिङले चुलाचौकामा समिति आफ्नो छोरी÷श्रीमातीलाई सामाजिक तथा राजनितिकसँगै महिला तथा बालबालिकाको क्षेत्रमा अभियान्ताको रुपमा विना बाध काम गर्न प्रेरित गर्ने पुरुष सदस्य (श्रीमान्)लाई सम्मान गरेको बताए । पुरुष र महिलाबिच गर्ने व्यवहार समान हुन सकेको र महिला ढिला घर आइपुगे भने स्पष्टिकरण दिनु पर्ने अवस्था अझै रहेको उनको भनाई छ । उनले तिजको अवसारमा जीवनमा निर्धारण गरेका लक्ष्य प्राप्तिको शुभकामना समेत दिएका छन् ।

    गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले संस्कृति तथा चाडपर्वको संरक्षणसँगै महिलाहरुको सम्मानको लागि गाउँपालिकाले तिज विशेष शुभकामना आदानप्रादन कार्यक्रमको आयोजना गरेको बताए । उनले महिलामैत्री अधिकारको सुनिश्चिता भएको बेला यसको रक्षा र समाज हुँदै राष्ट्रको विकासको लागि महिलाहरु एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

    उपाध्यक्ष जिम्बाले यस्ता खाले कार्यक्रमले महिलालाई आगमाी दिनमा अघि बढ्न थप उर्जा मिल्ने विश्वास व्यक्त गरे । उनले तिज सबै जातिले पर्वको रुपमा सम्मान गरेको पाइएको खुशी हुँदै आफूलाई परिस्थितिअनुकूल ढाल्न सक्ने क्षमता बोकेका सचेत समाज र आफ्नो सांस्कृतिक पहिचानप्रति संवेदनशील देखिएको बताए ।

    त्यस्तै महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख यशोदा तिम्सेनाले महिलालाई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुन प्रोत्साहन गर्ने प्रत्येक वडाबाट एक÷एक पुरुष सदस्य (श्रीमान्)लाई सम्मान गरेका बताईन् । उनका अनुसार खानीखोलामा ७ वटा वडा रहेका छन् ।

    उनले प्रमाणपत्र सहित सम्मानित हुनेमा वडा नं. १ देखि ७ सम्म क्रमशः क्षेत्र बहादुर गोले, दिल बहादुर वि.क, युवराज दोङ, बलीमान मोक्तान, रामबहादुर तामाङ, धन बहादुर थिङ र चन्द्र गोले रहेका छन् । उनीहरुलाई गाउँपालिका अध्यक्ष थिङ र उपाध्यक्ष जिम्बाले प्रमाणपत्र र खादाले सम्मान गरेका थिए ।

    कार्यक्रममा गाउँपालिकाको निमित्त प्रशासकीय अधिृकत तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णबहादुर अधिकारी, विभिन्न दल निकट महिला संगठनका प्रतिनिधि, गाउँपालिकाको शाखा प्रमुखहरु लगायत स्थानीयको उपस्थिति रहेका थिए ।

    उत्कृष्ट स्वयम्सेविका र आमा समुह पुरस्कृत

    कार्यक्रममा गाउँपालिकाभित्र कार्यरत उत्कृष्ट महिला स्वयमसेविका र समाजिकसँगै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने आमा समुहलाई समेत प्रमाणपत्र सहित सम्मान गरेको छ ।

    रोजगार शाखाका सह–संयोजक सिर्जना थिङका अनुसार उत्कृष्ट महिला स्वयमसेविकामा खानीखोला–५ की विनिता लामा सम्मनित भएकी छन् । त्यस्तै उत्कृष्ट आमा समुहमा खानीखोला–४ स्थित् फुलडाँडामा रहेका प्रगतिशील आमा समुह पुरस्कृत भएको छ ।

    तिज विशेष कार्यक्रममा नाचगान सहित मनोरञ्जनका विभिन्न कार्यक्रमहरुसँगै सामूहिक रुपमा दर खाने कार्यक्रम रहेको थियो । गाउँपालिकाको सभा हलमा भद्रा २१ गते बसेको सर्वदलीय महिला संघ/संस्थाहरुको बैठकले साझा रुपमा तिज कार्यक्रम मनाउने निर्णय गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार