२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेली महिलाको आँखाबाट आँसु खस्न दिन्नौ —गौतम ( भिडियो सहित ) 


६८१३ पाठक संख्या
  • २०८० आश्विन १, सोमबार मा प्रकाशित १0 महिना अघि
  • आई.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक । “माननीय नविना लामा र कमला काफ्लेलाई अगाडि राखेर भन्न चाहन्छु —साँच्चिकै भन्ने हो भने मलाई महिलाहरूसँग प्रतिस्पर्धा गर्ने मन थिएन‚ म जतिबेला नेपालको विद्यार्थी आन्दोलनमा काम गर्थे जुन समयमा नविना लामासंग प्रतिस्पर्धा गर्नुपर्यो तर मेरो मनले भन्दै थियो मैले हार्नु पर्छ नविनाले जित्नुपर्छ अन्तत नविनाले जित्नु भो उहाँलाई बधाई छ ।”

    उक्त भनाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले हरितालिका तिजको अवसरमा जिल्ला समन्वय समिति काभ्रेको प्राङ्गणमा आयोजित शुभकामना आदान प्रदान तथा तिज विशेष कार्यक्रममा सभाध्यक्षको तफ र्बाट शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा बताउनु भएको हो ।

    जिल्ला समन्वय समिति काभ्रे र सञ्चारिका समुह काभ्रेको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समन्वय प्रमुख गौतमले थप्नुभयो—परिस्थितिले गर्दा जिल्ला समन्वय समितिको प्रमुखको निर्वाचनमा कमला काफ्लेसँग चुनाव लड्नुपर्ने बाध्यता भयो । परिस्थितिले गर्दा उहाँलाई वाक ओभर दिने मन लागेन‚ म यतिखेर समन्वय प्रमुख छु मैले नविना लामा‚ कमला काफ्ले लगायतका तमाम महिलाहरूको आवाज बुलन्द गर्न सक्नु पर्दछ । त्यसैले गर्दा तिज विशेष कार्यक्रमको आयोजना गरेको हो ।

    नेपालको संविधानले थुप्रै कुराहरूको ग्यारेण्टी गरेको छ तर सो कुराहरू कार्यान्वयन हुन सकेको छैन । बिहान उठ्ने बित्तिकै राम्रा कुराहरू सुन्न पाउनुको बदलामा महिला हिंसाको कुरा सुन्नुपरेको छ । हामिले असल समाज बनाउने अभियानमा लागेको तर आज सम्म सो कार्य गर्न सकेको छैन । नेपाली महिला‚ काभ्रेली महिलाहरूको मुक्तिको खातिर केही गर्न सकिन्छकी भन्ने अभियान हो । हामिले लडेर ल्याएको व्यवस्थाले हामीलाई धारे हात लगाएका छन् ‚ नागरिकहरूले प्रश्न गर्दै खबरदारी गरिरहेका छन् । हामिले चुनाव जित्नको लागि नागरिक समक्ष चाहिने भन्दा बडी आश्वासन दियौं ‚ ढाँटेउ ‚ छलकपट गरेउ हामी जनप्रतिनिधिले गलत गरेका छौं भने कान समातेर उठबस गर्न तयार रहेको संयोजक गौतमले बताउनु भयो ।

    हामी जनप्रतिनिधिहरू नागरिकलाई परेको समस्यालाई टुलुटुलु हेरेर बस्न सक्दैनौ । हामिले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वयको प्राङ्गणबाट प्रतिबद्धता व्यक्त गर्दछौँ कि काभ्रे जिल्लाका कुनैपनि महिलाको आँखाबाट आँसु खस्न दिन्नौ । हामी सुशासनको पक्षमा ‚ न्यायको पक्षमा काम गर्न चाहन्छौँ निवर्तमान जनप्रतिनिधि भनेको हाम्रो सम्पत्ति हो त्यस्तो सम्पत्तिको संरक्षण गर्ने हाम्रो कर्तव्य हो गौतमले भन्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार