२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

पाँचखालमा माओवादीमा प्रवेश गर्नेको लर्को


१६०१७ पाठक संख्या
  • २०८० आश्विन ६, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका नेकपा माओवादीले चलाएको १० बर्षे जनुद्धको लागि निकै चर्चीत स्थान हो । पछिल्लो समयमा आएर पार्टी संगठनको अवस्था खस्कंदै गएपछि माओवादी पार्टीले पाँचखामा संगठन सुधार्नको लागि पहल गरेको छ । सोही क्रममा अन्य बिभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेको लर्को लागेको छ ।

    जनयुद्ध कालिन अवस्थामा सांगठनिक रुपमा निकै चर्चामा रहेको पाँचखालमा झण्डै दुई दर्जन वलीदानि दिएका थिए जसमा बुद्धिलाल श्रेष्ठ ‚ पे्रम बराइली‚ अप्सरा अधिकारी‚ केदार आचार्य‚ मुरली दनुवार ‚ मैना सुनुवार‚ सुकुराम लामा ‚ चिनी माया लामा ‚ सुन माया श्रेष्ठ ‚ सन्देश सापकोटा ‚ ओम लाल लामा ‚ बलराम सापकोटा ‚ अर्जुन दाहाल‚ श्याम ठकुरी र ठुले ठकुरी लगाएतका रहेका छन् भने बेपत्ता हुनेहरुमा बाबुकाजी श्रेष्ठ ‚ कुमार ढकाल ‚ पाल्साङ लामा र सुमन मैनाली रहेका छन् ।
    जनयुद्धमा माओवादी पार्टीले अगिसारेका एजेन्डाहरुलाई लागु गर्न नसक्नु र कार्यकर्ताको मुल्याङ्कन गर्न नसक्नु साथै नेतृत्वको चाकडिके भरमा केही व्यक्ति अगाडि बड्न खोज्नुले गर्दा पार्टीका कार्यकर्ता , सहिद परिवार , वेपत्ता परिवार निस्कृय रहंदा पार्टी संगठन खस्केको पार्टीले मुल्याङ्कन गर्दै कमीकमजोरीहरुलाई ससच्याउंदै अगाडि बढ्ने प्रण गर्दै पार्टी अगाडि बढ्दा प्रवेश गर्नेहरुको चासो बढेको छ ।
    पार्टी कार्यकर्ताको मुलुकको हितको लागि मुटुमा रहेको भक्कानोलाई मलम पट्टी लगाउंदै जनताको चाहना अनुसारको कार्य गर्दै निश्पक्ष ढंगबाट कार्य गर्दै जाने हो भने पार्टीमा लर्को लाग्नेको संख्या कम हुन्न । पार्टीको विचारलाई बोक्दै निस्कृय रहेका कार्यकर्तालाई पार्टीमा पुन सकृयता गराउन सके माओवादी पार्टीको संगठन अब्बल रहेको विश्लेशकहरुको तर्क छ । नातावाद , कृपावाद , जातियबाद लाई केही हदमा प्राथमिकता दिदै कार्यकर्ताको समस्यामा नेतृत्वहरुको चासो नहुँदा पार्टीको अवस्था खस्केको ठहर गर्दै पार्टी अगाडि बढेको छ ।

    पार्टीले अघिसारेको अभियानमा नेकपा माओवादी केन्द्रमा नेकपा एमाले नगर कमिटी सदस्य तथा जनजाती महासंघ काभ्रेका कोषाध्यक्ष हरिगोपाल दुनुवार, क्रान्तिकारी माओवादी जिल्ला कमिटी सदस्य प्रकाश विंसुखे सहित २२ जना बढी नेता तथा कर्याकर्ता प्रवेश गरेका छन् । शानिबार जनतासँग माओवादीः विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत पाँचखालमा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गरेको छ ।

    माओवादी केन्द्रका केन्द्रिय सदस्य रविन्द्र प्रसाद श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, जिल्ला समन्वय समिति काभ्रेका सचिव दैवलाल घिसिङले नवप्रवेशीहरुलाई खादा र टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । प्रवेश हुनेमा एमालेका पाँचखाल नगर कमिटी सदस्य अनिता गौतम, चन्द्र प्रसाद अधिकारी, नेपाली कांग्रेसका नगर कमिटी सदस्य रामकृष्ण गौतम (छविलाल), राप्रपा नगर कमिटी सदस्य छेवाङ लामा रहेका छन् ।

    त्यस्तै एमालेका हरि बहादुर श्रेष्ठ, महेश श्रेष्ठ, कुमार विंसुखे, मंगली पहरी, अन्जु पहरी, सलिनी पहरी, उद्धव पहरी, रुपक पहरी, गोपाल वि.क, सुजन पहरी, युवराज पहरी, राज कुमार पहरी, मंगल विंसुखे, कांग्रेसका हर्क लामा, सोनाम लामा, स्वतन्त्रका सागर लामा लगायत तीन दर्जन बढी नेता तथा कार्यकता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    नवप्रवेशीसहितका कार्यकतालाई माओवादी केन्द्र बागमती प्रदेश अधयक्ष सरल सहयात्री र माओवादी केन्द्र काभ्रेका सचिव दैवलाल घिसिङ (अनुशिल) ले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य विष्णु मिजार, सरस्वती लामा (कविता), अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रिय सदस्य निर्मला गौतमले अहिलेको परिवर्तनको जग जनयुद्ध र जनआन्दोलन नै भएको र माओवादीको एजेण्डामा देश अगाडी बढीरहेकोले माओवादी केन्द्रलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।

    नवप्रवेशी हरिगोपाल दनुवारले देश र जनताको मुक्तिको लागि लड्ने पार्टी माओवादी केन्द्र मात्रै भएकोले आफु लगायत तीन दर्जन बढी प्रवेश गरेको बताउनु भयो । नवप्रवेशीहरुले देशको परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा बाहेक अरु दलबाट सम्भव नदेखिएको माओवादीमा एकताबद्ध हुनुको विकल्प नरहेको बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार