२०८० फागुन २१, सोमबार | Mon, 04, Mar, 2024

नमोबुद्ध नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई


५३८३ पाठक संख्या
  • २०८० मंसिर ७, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • भकुण्डेवेशी । नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०७९/८० मा सम्पन्न गरेका कार्यक्रम र योजनाको प्रगति, आर्थिक बर्ष २०८०/८१ का लागि स्वीकृत बार्षिक नगर विकास योजना (नीति, कार्यक्रम, बजेट) लगायतका नगरपालिकाबाट हुने सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको छ ।

    बिहिबार नगरपालिकाको कार्यालयमा नगरवासी, कृयाशिल राजनीतिक दल, सामाजिक संघ संस्था, सरोकारवाला र सेवाग्राहीको सहभागीता सार्वजनिक सुनुवाई गरिएको हो ।

    कार्यक्रममा योजना अधिकृत विष्णुकुमार अधिकारीले आर्थिक बर्ष २०७९/८० चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधीको को प्रगति प्रतिवेदनका साथै कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

    कार्यक्रमका सहभागीहरुले उपभोक्ता समितिको क्षेत्राधिकार, शिक्षा क्षेत्रमा भएको अनियमितता, कर्मचारी व्यवस्थापन, विकास योजनामा सूचना पाटी नभएको, निशुल्क औषधीको दुरुपयोग, करको दर र दायरा, अव्यवस्थित बसोबासी, सुकुम्बासीको व्यवस्थापन लगायतका बिषयमा गुनासो, सुझाव र जिज्ञासा राखेका थिए ।

    नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले जिज्ञासा र गुनासो सम्बोधन गरेका थिए । नगर प्रमुख कुनसाङ लामाले २०७९ जेठ ११ गते पदभार गरेदेखि नगरवासीको हितको लागि विभिन्न कार्यहरु गरेको जानकारी गराउँदै चुनावको बेला जनताको घरदैलोमा पुगेर गरेको प्रतिवद्धता पुरा गर्दै लगेको जानकारी दिए । उनले विकासको लागि प्रदेश र संघ सरकारसंग समन्वय गरिरहेको भन्दै सिमित श्रोतका कारण विकासका असिमित चाहना पुरा गर्न नसकिएको बताए ।

    नगर उपप्रमुख रत्नबहादुर लामाले अनुमगनको जिम्मेवारी आफूलाई हुने भन्दै आफ्नो कार्यकालमा कुनै पनि कैफियत हुन नदिने बताए । प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमले सुशासन र पारदर्शितामा जोड दिने भन्दै यसको महत्वबारे जानकारी दिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार