२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोकमा मदानी बिटको सुरुवात‚ कमजोर सम्बन्ध भएका मान्छेहरुलाई समाजमा जोड्दै लानु पर्छ — बाँस्कोटा


३५२८३ पाठक संख्या
  • २०८० मंसिर ११, सोमबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । “आजको अवस्थामा प्रिन्ट मिडिया कमजोर भएर न्यू मिडिया आएको छ ‚ न्यू मिडियाले गर्दा घण्टा घण्टामा नभई छिन छिनमा सूचना प्राप्त हुन्छ । मिडिया सञ्चालन हुनु ठुलो कुरो हैन तर समाजमा पार्ने प्रभाव ठुलो कुरो हो ।”
    उक्त भनाई पूर्व सूचना तथा सञ्चार मन्त्री एवं काभ्रेपलाञ्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद गोकुल बाँस्कोटाले आज बाट काभ्रेपलाञ्चोकमा सुरुवात भएको मदानी वीट डट कमको उद्घाटन गर्दै बताउनु भएको हो ।

    अनलाइन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री बाँस्कोटाले भन्नुभयो— आजको आवश्यकता भनेको सम्बन्ध भएका मान्छेहरूलाई मात्रै हैन कमजोर सम्बन्ध भएका मान्छेहरुलाई समाजमा जोड्दै लानु पर्नेछ । नकारात्मक मात्रै हैन समाजको सफल पक्षलाई आम नागरिकको बिचमा पस्कन आवश्यक छ । जहाँ विज्ञापन त्यहाँ समाचार हुने गरेको पाइन्छ तर त्यस्तो कार्यबाट मदानी डट कम अलग रहनुपर्ने बताउनु भयो ।

    राज्यको जबाफदेहीता हुन्छ नागरिक प्रती ‚ प्रेसको पनि जबाफदेहीता हुन्छ नागरिक प्रति यस कारण प्रसको तागतलाई निहित स्वार्थको निम्ति दुरुपयोग गर्ने हैन देश ‚ जनता ‚ सामाजिक एकता ‚ राष्ट्रिय एकता साथै आम मान्छेको चाहनाहरूलाई राज्य समक्ष पुर्याउने पुलको रुपमा अगाडि बढ्नु पर्छ । बाँस्कोटाले मिडिया सञ्चालकलाई सुझाव दिनुभयो । सूचना सम्पे्रसन गर्ने कार्य त व्यक्तिले पनि गर्न सक्छ तर व्यक्तिले दिने सूचना आधिकारिक नहुन सक्छ ‚ एउटा दर्तावाल मिडियाले दिएको सूचना समाजले आधिकारिक मान्दछ । विश्वसनियता  र निस्पक्षतानै मिडियाको धर्म अनि कर्म पनि हो त्यसैले कर्मलाई र धर्मलाई साथमा राखेर सञ्चार क्षेत्र अगाडि बढ्नु पर्ने धारणा पूर्व मन्त्री बाँस्कोटाले राख्नुभयो ।

    काभ्रेपलाञ्चोक जिल्लामा विगत लामो समयदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील एवं पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाको अध्यक्षतामा सञ्चालित मदानी बिटको सुरुवातले जिल्लामा सूचना तथा सञ्चारको क्षेत्र थप मजबुत हुने भएको छ । अनलाइन उद्घाटनको क्रममा प्रा.लि.का अध्यक्ष तिमल्सिनाले सञ्चार माध्यमको भिडमा एक थप्ने उद्देश्यले नभई आम पाठक समक्ष नमुना ढंगबाट सूचना प्रदान गर्ने अठोटका साथ मदानी डट कमको सुरुवात गरेको बताउनु भयो ।

    काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित संघीय सांसदहरू ‚ प्रदेश सांसदहरू ‚ पूर्व मन्त्रिहरु जिल्लाका सुरक्षा कर्मी ‚ सञ्चार कर्मी ‚ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू ‚ विभिन्न संघ संस्था साथै जिल्लाका लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा अनलाइन उद्घाटन भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%४%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार