२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेपलाञ्चोकमा आगलागि हुँदा नौ लाखको क्षति


१०७९१ पाठक संख्या
  • २०८० मंसिर १२, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मिति धुलिखेल धुलिखेल नगरपालिका वडा नं ११ बाँनियाछापमा आज विहान ४ बजे आगलागि हुँदा ९ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

    बाँनियाछाप स्थित बलराम धितालको ढुङगा माटो र जस्ताले छाएको ३ तल्ले घरमा अचानक आगलागि भएको खबर पाउना साथ प्रहरी र स्थानियको सकृयताले मानविय क्षति नभएको जानकारी प्राप्त भएको छ ।

    आगलागि हुनुको कारण नखुले पनि उक्त घर नजिकै रहेको जस्ताको छाना जस्ताले बारेको गोठमा समेत आगलागि भएको, उक्त घरमा मानिस बस्ने नगरेको अन्नपात राख्ने गरेको खुल्न आएको छ । आगो नियन्त्रणको लागि धुलिखेल नगरपालिकाको दमकल र स्थानिय साथै प्रहरीको सकृयतामा आगो नियन्त्रणमा लिएको थियो ।

    आगलागिबाट पिठो पिस्ने मेसिन थान –१,हाते टेक्टर थान–१,भुसा काट्ने मेसिन थान –१,मकै ७० मुरि,तोरी ३ मुरी,गँहु ३ मुरी,धान २ मुरी,जैँ घाँस १ मुरी, खाध्यन्न, भाडाँकुँडा , पराल, घर र सँगै रहेको गाईगोठ समेत गरी ९ लाख क्षति प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार